प्रकृति
प्रकृति भनेपछि एकदमै मन हर्षित र जीवनका लागि महत्त्वपूर्ण तत्त्व मानिन्छ । हामीलाई ताजा हावा, ताजा वनस्पति र शान्त वातावरण पनि दिन्छ । प्रकृतिमा भएका र हामीले उपभाेग गरेका राम्रा तत्त्वहरूकाे मानवले जीवन नै भरिमा पनि ऋण तिर्न नसक्ने अनेकानेक वस्तुहरू छन् । जस्तै वृक्षकाे फल उसले उपभाेग गर्दैन, नदी पनि आफैँ रातदिन बगेर हाम्रै सेवा गर्छ । वायु सधैं प्राणसञ्चारमा हाम्रै लागि व्यस्त छ । यस्ता विविध गुणले गर्दा हामी बाँच्ने आधारलाई कदापि मास्नु हुँदैन । फाेहाेर र प्रदूषणले हाम्रा प्रकृतिका असल गुण मासिन्छन् र हाम्राे आयु पनि क्षय हुँदै जान्छ । प्राकृतिक प्रकाेपले बालीनालीमा र खाद्यान्नमा चरम सङ्कट उत्पन्न हुन्छ । मानव सबैकाे रक्षक भएका कारण भक्षक बन्नु हुँदैन । अपरिहार्य तत्त्वलाई हामी सबै मिली संरक्षण गराैं ।
0 reads
Published on 7/7/2022
Paridhi Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Paridhi Pant
Grade 5
Roll No: 30054
20
More Articles from
Student