प्रकृति : पृथ्वीको अमूल्य उपहार
प्रकृति : पृथ्वीको अमूल्य उपहार
प्रकृति भन्नाले हामी वरिपरिको वातावरण भन्ने बुझिन्छ। हामीले पिउने पानी, खाने खाना, घुम्ने ठाउँ, जङ्गल आदि सबै प्रकृतिबाट नै आएको हो। प्रकृतिले नै गर्दा अहिले हामी यस जगतमा जीवित छौँ र आफ्ना पिन्ची आवश्यकता पूरा गर्न सकिरहेका छौँ। त्यसै कारणले गर्दा प्रकृतिलाई पृथ्वीको अमूल्य उपहार भनिएको हो।
नेपालकै सन्दर्भमा हेर्दा, नेपाल एक प्रकृतिबाट प्रकृतिका स्वरूपबाट भरिपूर्ण मुलुक हो। सगरमाथाको अग्लो शिखरदेखि तराईका फाँटहरूसम्म प्राकृतिककै भूमिका छ। प्रकृति मानिसहरूका लागि एउटा उपहार जस्तै हो। प्रकृतिले दिएका उपहारस्वरूप दिएका कुराहरू हामी दैनिक जीवनमा उपभोग गर्छौँ। नदीनाला, खोला, वनजङ्गल, हिमाल आदि प्रकृतिका पृथ्वीका अमूल्य उपहार हुन्। नेपालमा भरिपूर्ण छ। पृथ्वीको अमूल्य उपहार, प्रकृतिको स्वरूपले भरिपूर्ण देश भएकाले हामीले गर्व गर्नुपर्छ।
दिनुपर्छ। कारणतिर लाग्दा प्रकृतिले, हामीलाई जे–जे दिन्छ, हामीले पनि प्रकृतिलाई समाज आधुनिकीकरण भएपछि मानिसहरूले प्रकृतिको हेरचाह गर्न छोडिसके। आजभोलि नदीनाला छेकेर मिचेर घर, भवन बनाइएको हुन्छ। वनजङ्गल फडानी गरिएको हुन्छ। जनावरहरू पनि प्रकृतिका हिस्सा हुन्। जब जनावरहरूले प्रकृतिको हावापानी त मानिसको घर भत्काएका छैनन् भने हाम्रो पनि वन, रुख, नहर फडानी गर्ने किन हुन्छ, त्यति नै आवश्यक त्यसको रक्षा गर्नु हुन्छ। मानिसहरूले जहाँ पायो त्यहीँ फोहोर फाल्छन्, गाडीका पेट्रोल, डिजेलको अनावश्यक प्रयोग गर्छन्, प्रकृतिका अमूल्य स्वरूपलाई नष्ट पार्छन्। प्रकृति भनेको पृथ्वीले दिएको अमूल्य उपहार हो, जसलाई हामीले स्वच्छ र सुरक्षित राख्नुपर्छ।
नेपालमा नेपालमा विदेशी पर्यटकहरू प्रकृति नै हेर्नका लागि आउँछन्। चितवन राष्ट्रिय निकुञ्जको विविधता, जस्तो विविधता, नदीनालाको जस्तो एकता, हेर्न विदेशी पर्यटक पैसा तिर्छन्। हामीले भने पैसा नतिरी अमूल्य रूपमा प्रकृतिको आनन्द आस्वादन गर्न पाइरहेका हौँ।
प्रकृति भनेको पृथ्वीको अमूल्य उपहार हो जसको मूल्य न चुकाउनु परे पनि त्यसको रक्षा चाहिँ गर्ने पर्छ। प्रकृतिको सौन्दर्यताको वर्णन गर्न सकिँदैन। प्रकृति सुन्दर हुनुका साथसाथै महत्त्वपूर्ण छ। जसरी हामीले आफ्नो उपहारलाई सम्मानका साथ राख्छौँ त्यसरी पृथ्वीले दिएको यस उपहारको सम्मान र कदर गर्न आवश्यक हुन्छ।
0 reads
Published on 9/24/2026
Paridhi Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Paridhi Pant
Grade 9
Roll No: 30054
22
More Articles from
Student