साहसी भ्यागुता
धेरै पहिलाको कुरा हो। एकदिन भ्यागुताहरूको दौड प्रतियोगिता भयो । सबै भ्यागुता जम्मा भएका थिए। दौड सुरु भयो । भ्यागुताहरू दौडेर पहाडको टुप्पाेमा जाने सर्त थियो । भ्यागुताहरू उकालोमा उफ्रँदै कुदन थाले । त्यहाँ धेरै जनावरहरू भ्यागुताको दौड हेर्न आएका थिए । बाटामा लहरै लागेर जनावरहरू उकालामा भ्यागुता कुदेको हेरिरहेका थिए । भ्यागुताहरू पहाडमा उफ्रिँदै चढे । तिनीहरूलाई दौडेपछि धेरै गाह्रो भयाे । सबै जनावरहरू भ्यागुतालाई गाह्रो भयो भन्न थाले। भ्यागुताहरू पनि हामी सक्ने रहेनछौँ भनी दौड छोडे। एउटा भ्यागुताले सबैलाई दौड छोड्नु हुँदैन भनेर सम्झायो तर अरू भ्यागुताले उसको साथ दिएनन् । त्यो भ्यागुता पहाडको टुप्पोमा पुग्यो । ऊ दौड प्रतियोगितामा प्रथम भयो ।यो कथाबाट हामीले लक्ष्य प्राप्तिका लागि अरूका कुराबाट विचलित नभई अगाडि बढ्नुपर्छ भन्ने सन्देश पाउँछौँ ।
0 reads
Published on 7/20/2023
Paridhi Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Paridhi Pant
Grade 6
Roll No: 30054
20
More Articles from
Student