underline

नेपाल-कतार सम्बन्ध

Underline

Share:

कतार र नेपालको दौत्य सम्बन्ध कायम भएको देश हो। कतार एक सानो राज्य हो। यो मध्य पूर्वी भागमा रहेको छ। यसको जनसंख्या थोरै छ,तर पनि यो देश निकै विकसित छ। यसको आर्थिक स्रोत भनेको पेट्रोलियम पदार्थ प्रचुर मात्रामा उपलब्ध हुनु हो। यसको अन्य आय स्रोत अन्तर्राष्ट्रिय व्यापार र पर्यटन हुन्। यस देशको पर्यटन बृद्धिमा कतार ऐरवेजले पनि ठुलो योगदान पुर्‍याएको छ। यस ऐर्वेजको सेवा संसारका विभिन्न मुलुकमा उपलब्ध छ। नेपालमा पनि दैनिक दुइ पल्ट यो जहाज आउने गरेको छ। यसले नेपाललाई धेरै कुराहरूमा सहयोग पुर्‍याएको छ। जस्तै : नेपालका धेरै बेरोजगार युवाहरू कतारमा काम गर्छन् । त्यसैले नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याएको छ। कतारका राजा हालैमात्र नेपाल आउनुभएको थियो। त्यस अवसरमा नेपालले सार्वजनिक बिदा पनि दिएको थियो। यस मैत्रीपूर्ण भ्रमणका बेला कतारका राजाले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र अन्य उच्च पदस्त व्यक्तिहरूसँग भेटघाट र सहयोगका छेत्रहरू बारे कुराकानी गर्नुभएको थियो। यस अवसरमा आपसी सहयोगका लागि दुई देशबिच केही समजदारी पत्रमा हस्ताक्षर भएको थियो। कतारका राजाको भव्यताकासाथ स्वागत र बिदाइ भएको थियो। उपहार स्वरुप वहाँलाई दुई वटा हात्ती पनि दिइएको थियो। यस भ्रमणबाट दुई देशकाे आपसी सम्बन्धमा सम्भाव्यताका बाटाहरू खुल्नेछन्। सार्वजनिक

0 reads

Published on 5/3/2024

Image

Paridhi Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Paridhi Pant

Grade 7

Roll No: 30054

20

More Articles from

Student

Underline