underline

मेरो जाडो बिदा

Underline

Share:

मैले मेरो जाडो बिदामा निकै रमाएँ । जाडोको बिदामा मैले आफ्नो मामासँग पढाइका साथसाथै  गितार बजाउन सिकेँ । मलाई यी कुरा सिक्दा एकदमै रमाइलो लाग्यो। रुबिक्स क्यूब गर्नाले मेरो दिमाग ताजा भयाे र गितार बजाउनाले मेरो मनमा शान्ति आयाे ।  जाडाे बिदामा मैले आफ्नो  पुस्तकमात्र पढिनँ, मैले कथाका पुस्तक र अरू विषयका पुस्तकहरू पनि पढेँ। कथाका पुस्तकहरू र अरू क्षेत्रका पुस्तकहरू पढ्दा मलाई धेरै आनन्द आयाे  र साथसाथै ज्ञान पनि पाएँ । गितारमा मैले विभिन्न सङ्गीत र भजन बजाउन सिकेँ। रुबिक्स क्यूब पहिलो चोटी गर्नाले मलाई एकदमै गाह्राे लागेको थियो तर दिनमा कमसेकम एक पटक गर्नाले मैले त्यो राम्ररी गर्न सकेँ।  यस वर्षमा मैले कम्पुटरको बारेमा धेरै कुरा सिकेँ र  आफ्ना मामासँग धेरै कुराहरू  सिकेँ।  मैले आफ्नो बिदा आफ्नो भाइ र बहिनीसँग खेलेर र कम्युटर र टेलिभिजन हेरेर पनि बिताएँ । यस  बिदामा मैले आफ्नो परिवारसँग पनि छलफल, कुराकानीहरू गरे। मैले केही कविता र कथाहरू पनि लेखेँ । मलाई जाडोको बिदा र अनलाइन कक्षामा केहि फरक लागेन किनकि हामी घरमा त बसिरहेका छौ। त्यसैले यो पालिको जाडोको बिदाभन्दा मलाई पहिलेको जाडोको बिदा राम्रो लाग्यो। मलाई  आशा छ कि अब आउने वर्ष राम्रो  हुनेछ ।

0 reads

Published on 1/29/2021

Image

Eshanee Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Eshanee Manandhar

Grade 5

Roll No: 28004

26

More Articles from

Student

Underline