underline

अठोट

Underline

Share:

पहिलो चोटि सपना देखेँ, मनमा थियो उज्यालो,

सानो दिलमा ठुलो आशा थियो आँखा झलमलिलो

नसोचेको बाटो रोजेँ, डरले मुटु काँप्थ्यो

तर, भित्रको अठोटले नै अघि बढ्न बाध्य पार्थ्यो।

जीवन सजिलो थिएन, बाआमाको झन्झट थियो

छिमेकीको हाँसो पनि, कहिलेकाहीँ चोट थियो

तर हाँसोमै शक्ति भेटेँ, आँशुमा पनि गीत

अठोटकै साहसले लेखेँ, जीवनका नयाँ मित।

कहिलेकाहीँ चिप्लिएँ म, सपना लाग्थ्यो टाढा

तर, अठोट भित्र बाँच्थ्यो, बन्थ्यो ऊ नै सादा।

फेरि उठ्थेँ, फेरि लड्थेँ, फेरि उठ्थेँ फेरि,

हारेझैँ लागे पनि, जित्ने थियो घडी।

साथीहरू हाँस्थे ममा, "यो त सपना मात्र हो"

तर, मलाई थाहा थियो अठोट स्वर्ण पात्र हो।

पाइलामा घाम लागे, बादलहरू हटे

अठोटको त्यो आगोले, अन्धकार सबै हटे ।

आज म त्यहीँ छु जहाँ, सपनाहरू साँचिन्छ

अठोट भएको मुटुमा, जहिल्यै केही नाचिन्छ।

जीवनको यो रमाइलो, सङ्घर्ष र जितको गीत,

अठोट राख है साथमा, बनाउँछ त्यो नै मित।

0 reads

Published on 10/10/2025

Image

Eshanee Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Eshanee Manandhar

Grade 10

Roll No: 28004

26

More Articles from

Student

Underline