underline

समाजसेवा

Underline

Share:

समाजसेवा भनेको समाजलाई सेवा पुर्याएर समाज र त्यसमा बसोबास गर्ने मानिसहरूको विकास गर्ने हो । समाजसेवा भन्नाले समाजका मानिसहरूको हित, सहयोग र सुधारका लागि गरिने निःस्वार्थ कामलाई बुझिन्छ । कुनै पनि समुदाय वा देशको विकासका लागि समाजसेवाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । यसले व्यक्तिमा सहानुभूति र उत्तरदायित्व जस्ता मानवीय गुणहरू विकास गर्छ । समाजमा बसोबास गर्ने प्रत्येक व्यक्तिले परस्पर सहयोग र समझदारीका साथ अगाडि बढ्दा मात्र समृद्ध र सभ्य समाज निर्माण हुन्छ ।

समाज सेवाका धेरै रूप हुन्छन्—जस्तै विपन्न, असहाय वा अपाङ्ग व्यक्तिलाई सहयोग गर्ने, वातावरण सफाइ अभियानमा सहभागी हुने, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा सहयोग पुर्‍याउने आदि । युवाहरू, विद्यार्थीहरू, विभिन्न संघ–संस्था र स्वयंसेवी समूहहरूले रक्तदान, राहत वितरण, वृक्षारोपण, जनचेतना कार्यक्रमजस्ता गतिविधिहरूमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने काम गर्छन् । यस्ता गतिविधिले समाजमा एकता, सद्भाव र सहयोगको भावना फैलाउँछ र समाजलाई अझ सुरक्षित तथा व्यवस्थित बनाउँछ । समाजसेवा गर्ने व्यक्तिलाई पनि नैतिक रूपमा बलियो, जिम्मेवार र संवेदनशील बनाउँछ, जसले व्यक्तिगत विकासमा पनि योगदान पुर्‍याउँछ ।

अन्त्यमा, समाज सेवा प्रत्येक नागरिकको नैतिक कर्तव्य हो। सानो सहयोगले पनि कसैको जीवनमा ठुलो अर्थ राख्न सक्छ, त्यसैले सबैले आफ्नो समय, स्रोत र सिपअनुसार समाजका लागि केही न केही योगदान दिनु आवश्यक हुन्छ । समाज सेवामा निरन्तर रूपमा सहभागी भएमा समृद्ध, सभ्य र सहयोगी समाज निर्माण हुन्छ । जहाँ सबैमा आपसी समझदारी, एकता र सद्भाव कायम रहन्छ । समाजले दिएको सहकार्य र सहयोगले नै हामीलाई राम्रो नागरिक बनाउँछ । त्यसैले समाजसेवा जीवनमा महत्वपूर्ण स्थान राख्ने विषय हो ।

0 reads

Published on 12/17/2025

Image

Pratik Aanand Karn is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pratik Aanand Karn

Grade 8

Roll No: 30048

15

More Articles from

Student

Underline