दैनिकी - शिवरात्रि
चराहरुको चिरबिरसँगै म बिहान उठेँ । घडीमा ६: ३० बजिसकेको रहेछ । आज त शिवरात्रि पो रहेछ । म त्यसपछि आफ्नो नित्यकर्म गर्न गएँ । नित्यकर्म गरेपछि आफ्नो घरको छेउको शिवको मन्दिर गएँ । त्यहाँ मैले शिवलिङ्गलाई ढोगेँ र फोटाहरू पनि खिचेँ ।
त्यसपछि म घर आएँ र तात्तातो खाना खाएँ । खाएपछि म गृहकार्य गर्न बसेँ । गृहकार्य गरेपछि म आफ्ना साथीहरूसँग खेल्न गएँ । तल जाँदा त मैले एउटा अचम्मको कुरा पो देखेँ । मेरा साथीहरू बाटो पो छेक्दै थिए । उनीहरुले बिहानदेखि त्यही गर्दै थिए। उनीहरुले २५० रुपैया जम्मा गरिसकेका थिए। त्यसपछि उनीहरू त पसल गए । त्यहाँबाट चिप्स, कुरकुरे, कोक आदि ल्याए । सबैले मिलेर खाएँ । त्यसपछि एउटा साथीले खान सकिएपछि फुटबल खेल्ने भनेर भन्यो । सबैले सहमति जनाए । हामी फुटबल खेल्न चौरतिर गयौँ । सबैले मिलेर टिम बाड्याैँ । म, सामर्थ्य, स्पन्दन र विवेक एउटा टिममा भने अर्कोमा गिब्सन , दिवित, रमेश र रन्बिर थिए । सबै जना मिलेर मिलनसार तरिकाले खेले । बेलुकाको ६ बजिसकेको रहेछ । हामी सबै जना घर फर्कियाैँ । म हात खुट्टा धोएर पढ्न बसेँ । एकछि पछि आमाले मलाई खाना खान बोलाउनुभयो । म र मेरी बहिनी परिवारसँग खाना खान बस्याैँ । खाना खाइसकेपछि सबै जना टि.भी. हेर्न जानुभयाे । सुत्नुभन्दा पहिला मैले भोलिको लागि किताब र कापी मिलाएँ अनि सुतेँ ।
0 reads
Published on 7/9/2025
Pratik Aanand Karn is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratik Aanand Karn
Grade 8
Roll No: 30048
13
More Articles from
Student