नेपालमा पर्यटन व्यवसाय
नेपाल एसिया महादेशमा पर्ने एउटा सानो भूपरिवेष्टित देश हो । यो सानो भए पनि सुन्दर देश हो । हाम्रो देश नेपाल प्राकृतिक स्रोतले भरिपूर्ण छ । यहाँ हिमाल, पहाड, खोला, नदी, खाेला, झरना, जङ्गल,, ताल आदि धेरै कुराहरू उपलब्ध छन् । नेपाल हिमाल,पहाड तराइ, उकाली, अाेराली लेक, बेँसी मिलेर बनेकाे छ । यहाँ सबैभन्दा अग्लो शिखर सगरमाथादेखि समतल भूमिहरू पनि पाइन्छन् । यस्ताे सुन्दर नेपाल अवलाेकन गर्नका लागि थुप्रै पर्यटक नेपाल घुम्न आउँछन् । पर्यटकहरूलाइ नेपालमा बस्ने, खाने, घुम्ने आदि कुराकाे बन्दाेबस्त गर्ने काम पर्यटन व्यवसाय हाे । पर्यटन व्यवसायले देश विकासमा ठुलो भूमिका खेल्छ । हाम्रो देशमा धेरै प्राकृतिक स्रोतहरू छन् । धार्मिक तथा सांस्कृतिक सम्पदाहरू छन् । नेपाल जस्तो विकसित नभइसकेको देशमा पर्यटन व्यवसायले देशकाे विकासमा ठुलो सहयोग पुर्याउँदछ । आजका युवाहरू पर्यटन व्यवसायमा संलग्न हुन् सक्दछन् । विदेशबाट विदेशी पर्यटकहरू नेपाल घुम्न आउँछन् । ती विदेशीहरू नेपालका धार्मिक स्थल तथा प्राकृतिक सुन्दरता हेरेर र पदयात्रा गरेर रमाउँछन् । नेपाली युवाहरू नेपालमा राेजगारी पाइएन भनेर विदेश पलायन हुदैँ छन् । रोजगारी नपाएका युवाहरू पर्यटन व्यवसायमा लागेर राम्राे आम्दानी गर्न सक्छन् । धार्मिक स्थल, सांस्कृतिक सम्पदा वा प्राकृतिक कुराहरूको जानकारी दिन पर्यटककाे गाइड बन्न सक्दछन् । पर्यटनहरू आएर बस्नकाे लागि राम्रा राम्रा हाेटल, लज रेस्टुरेन्ट खाेल्नुपर्छ । कोही त्यो होटलको म्यानेजर, कोही वेटर त कोहि खान पकाउने मान्छे बन्न सक्दछन् । यसले पनि देश विकास हुन सक्छ किनभने यसले हाम्रो देशमा बेरोजगारको सङ्ख्या घटाउन सक्दछ । यसको फाइदा भनेको यसले आर्थिक सुधार र सामाजिक सुधार गर्न सक्दछ । यसले मानिसहरूका बिचको सम्बन्ध अझै राम्राे गर्न सक्छ । पर्यटन व्यवसायले देशका विभिन्न ठाउँकाे विकास हुन्छ । पर्यटनहरू देशका विभिन्न ठाउँहरू घुम्न जान्छन् । विदेशी पैसा खर्च गर्दछन् । गाउँ ठाउँका मानिसहरूले राेजगारी पाउँछन् । विश्वभरि देशकाे प्रचार प्रसार हुन्छ । यी कुराहरूले गर्दा नेपालको विकासमा पर्यटन व्यवसायकाे
महत्वपूर्ण भूमिका रहेकाे छ ।
0 reads
Published on 11/27/2025
Pratik Aanand Karn is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratik Aanand Karn
Grade 8
Roll No: 30048
13
More Articles from
Student