जीवनमा शान्तिको भूमिका
आजभोलि वरपर हेर्दा होहल्ला र प्रविधिले हाम्रो जीवनलाई नकारात्मक असर पारिरहेको छ । विद्यार्थी देखि सरकारी कर्मचारीसम्म सबैजनाको जीवनमा शान्तिको अभाव देखिएको छ । सामाजिक सञ्जालमा पनि सानो कुराहरूले द्वन्द्व उत्पन्न गर्न सक्छ छिमेकी - छिमेकीबिच झगडा साथी-साथीबिचको कलहले हाम्रो मस्तिष्कमा खराब प्रभाव पारेको छ ।
हामी सबैलाई थाहा छ शान्तिको महत्त्व तर पनि हामी त्यसलाई बेवास्ता गर्छौं। शान्तिको अभ्यास गर्न अधिक महत्त्वपूर्ण छ। शान्ति स्थापना गर्न पहिलो कदम सदाचार व्यवहार गर्ने हो । समाजमा बस्दा कलह र झगडा हुनु सामान्य हो तर त्यो झगडा तथा द्वन्द्वको शान्तिपूर्ण रूपमा समाधान गर्न सक्नुपर्छ । अरूको कुरालाई सम्मान गरी आफ्नो कुरा राख्नुपर्छ। कसैको पक्ष नलिई निष्पक्ष हुन सक्यो भने मानसिक शान्ति प्राप्त हुन्छ । रिसमा हामी सही तथा गलतबिचको भिन्नतालाई बिर्सिन सक्छौँ । यस कारण द्वन्द्वकाे समाधान शान्तिपूर्ण रूपमा गर्न आवश्यक छ। सानो सानो विचारको फरकले ठुलो प्रभाव पारी द्वन्द्व सिर्जना गर्न सक्छ ।
शान्तिको अभ्यास गर्नका लागि सर्वप्रथम हामी सबैले योग गर्नुपर्छ । योगले दुवै शारीरिक र मानसिक रूपमा फाइदा गर्छ । विभिन्न योगासनहरूले हामीलाई शान्ति प्राप्त गर्न मदत गर्छ । अर्को भनेको केही केही कुरालाई नजरअन्दाज गर्नुपर्ने हुन्छ । अरूले केही भने पश्चात् खिन्न भएर तुरुन्तै जवाफ दिनुहुन्न । सानो सानो कुराले ठुलो प्रभाव पार्न सक्छ भन्ने कुरा हामीलाई थाहा छ।
शान्तिले सोच्न सक्यौँ भने ठिक बेठिक छुट्याउन सक्ने क्षमता हामीभित्र हुन्छ । मानसिक शान्तिको अभावले मानिसहरूले के के गरेका छैनन् ? अरूलाई मार्ने देखि धम्की दिनेसम्म गरिसकेका छन् । मादक पदार्थको सेवनले शान्ति प्राप्तिमा रोक ल्याउन सक्छ । समाजमा शान्ति ल्याउन सर्वप्रथम व्यक्तिको प्रयास चाहिन्छ। त्यो व्यक्तिले आफ्नो परिवारमा शान्ति ल्याउन सहयोग गर्छ भने त्यो एक परिवारले समुदाय र समाजमा शान्ति ल्याउन मदत गर्न सक्छ । शान्त भएर काम गर्न सक्यौँ भने हरेक काम सफल हुने पक्का हुन्छ तर आजको जमानामा भने शान्ति ल्याउन धेरै गाह्रो भइसकेको देखिन्छ । शान्त मनले हरेक कार्यमा ध्यान प्रदान गर्छ । ध्यानले हामीलाई सफल बनाउँछ ।
निष्कर्षमा, शान्ति हाम्रो जीवनमा अति आवश्यक कुरा हो । सानो सानो प्रयास गर्दै गयो भने अवश्य शान्ति पाउने छौँ । योग हामीले नियमित रूपमा गर्न सक्यौँ भने मानसिक शान्ति प्रदान हुन्छ । मानसिक शान्तिले हाम्रो जीवनमा ठुलो परिवर्तन ल्याउँछ ।
0 reads
Published on 5/20/2026
Pratik Aanand Karn is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratik Aanand Karn
Grade 9
Roll No: 30048
15
More Articles from
Student