underline

नेपालको अवस्था

Underline

Share:

सिंहदरबारभित्र सुनिन्छ घण्टी

तर बाहिर जनताको रित्तो छ पेटी

कसैको घरमा सुनका थाल बज्छन्

गरिबका छोराछोरी भोकैले लड्छन्

गरिब किसान खेतमा पसिना बगाउँछन्

तर नेताका छोरा विदेशमा रमाउँछन्

बिजुली छैन, पानी छैन गाउँमा

तर मन्त्री गाडी किन्छन् करोडौँको माेलमा

भ्रष्टाचारले खाइदियो आशा

असमानताले बनायो निराशा

जनता रुनुपर्छ लाइनमा बसेर

मन्त्री हाँस्छन् नोट गनेर

ओ जनता ! उठ सत्यको स्वर देऊ

भ्रष्ट्राचारलाई शून्य बनाऊ, उज्यालो दिन ल्याऊ

नेपाल सुन्दर छ, अझ राम्राे पार्न सच्चा हात चाहिन्छ

इमानदार नेतृत्वले नै देशमा उज्यालो आउँछ।

0 reads

Published on 10/8/2025

Image

Pratik Aanand Karn is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pratik Aanand Karn

Grade 8

Roll No: 30048

13

More Articles from

Student

Underline