underline

अहिले पनि कविता लेख्दै छु म

Underline

Share:

कापी कलम लिएर कुर्सीमा बसेँ

के कविता लेख्ने भनेर सोचेँ

के लेख्ने के लेख्ने भनेर सोचेँ

अहिले पनि कविता लेख्दै छु म।

ध्यानले शीर्षकको बारे गरेँ खोजी

कहिले राष्ट्र कहिले देशभक्ति

कहिले विद्यालय कहिले घर

अहिले पनि कविता लेख्दै छु म।

यो कविता लेख्न धेरै नै झ्याउ लाग्यो

एकछिन कविता नै लेख्न मन लागेन

तर फेरि पनि लेख्नै पर्छ जस्तो लाग्यो

अहिले पनि कविता लेख्दै छु म।

यही सोच्दै लेख्दै मैले कविता नै लेखेँ

मैले आफ्नो भावको पो कविता लेखेँ

तर कविता लेखिरहने जस्तो छैन म

अहिले पनि कविता लेख्दै छु म ।

0 reads

Published on 5/25/2024

Image

Pratik Aanand Karn is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pratik Aanand Karn

Grade 7

Roll No: 30048

13

More Articles from

Student

Underline