खरबुजा
खरबुजा गर्मी मौसममा फल्ने फलफूल हो । यो फल बाहिर हरियो र भित्र रातो हुन्छ । यो फलमा पानीको मात्रा धेरै हुन्छ । खरबुजाको बिउ फागुन महिनामा रोपिन्छ । खरबुजाको लागि उर्वर माटो चाहिन्छ । यो फल सुख्खा हावापानीमा राम्रोसँग फल्छ । यो फलको बिउ रोप्न माटोमा गोबरको मल मिसाउनुपर्छ । त्यसपछि पानी हालेर माटोलाई फेरि खान्नुपर्छ । त्यसपछि माटोमा बिउ रोप्नुपर्छ । बिउ रोपेको तीन चार दिनपछि फेरि पानी हाल्नुपर्छ । यसरी नै बेलाबेलामा मलजल गरी राख्ने र तीन महिनामा याे फल टिपेर खान तयार हुन्छ ।
0 reads
Published on 9/25/2023
Eedha Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Eedha Bista
Grade 3
Roll No: 33045
22
More Articles from
Student
