मलाई मनपर्ने ठाउँ
नेपालमा विभिन्न ठाउँहरू छन् । ती ठाउँमध्ये मलाई मनपर्ने ठाउँ भनेकाे सुन्दरीजल हाे । सुन्दरीजल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । सुन्दरीजलमा विभिन्न देशबाट पर्यटकहरू घुम्न आउँछन् । म सुन्दरीजल बाबा र दिदीसँग घुम्न गएकाे थिएँ । हामी सुन्दरीजलबाट टाढा बस्छाेँ । त्यसैले हामी गाडी चढेर सुन्दरीजल गयाैँ । त्यहाँ मैले ठूलाठूला झरना देख्याैँ । त्यहाँ ड्यामहरू पनि थिए । त्यस ठाउँमा धेरै जलस्राेत भएकाे हुनाले त्यहाँबाट विद्युत् उत्पादन गरिन्छ । सुन्दरीजलका सबै दृश्यहरू देखेर म चकित भएँ । त्यहाँ मैले विभिन्न रुख र बाेटबिरुवाहरू देखेँ । सुन्दरीजलमा हामीले धेरै रमाइलाे गर्याैँ । मलाई त्याे ठाउँ असाध्यै राम्राे लाग्याे ।
0 reads
Published on 10/9/2025
Eedha Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Eedha Bista
Grade 5
Roll No: 33045
22
More Articles from
Student
