underline

गणतन्त्र दिवस

Underline

Share:

जनताको शासनलाई गणतन्त्र भनिन्छ । गणतन्त्रमा देशको सर्वोच्च पदमा आम जनताले चुनेको व्यक्तिले शासन गर्छ। हाम्रो देश नेपाल पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। नेपालमा गणतन्त्रको स्थापना वि.सं २०६५ जेठ १५  गते भएको हो। यो भन्दा अगाडि नेपालमा राजतन्त्रात्मक शासन व्यवस्था थियो। यस दिनदेखि २३८ वर्ष लामाे शाह वंश राज परम्पराकाे अन्त्य भएकाे थियाे । गणतन्त्र दिवसले जनताको वर्षौं देखिको त्याग र बलिदानको स्मरण गर्दै जनताप्रति उत्तरदायित्व हुन सिकाउँछ। नेपालमा गणतन्त्रपछि पहिलो राष्ट्रपतिमा डा.रामवरण यादव चुनिएका थिए । देशमा गणतन्त्र हुनु भनेको समान हक, अधिकार र चौतर्फी विकास हुनु हो। गणतन्त्र दिवसले जनतालाई स्वतन्त्र भएर सोच्न अझ प्रेरित गर्छ। हामीले गणतन्त्र दिवसमा धेरै रमाइला विभिन्न कार्यक्रमहरू गरेर मनाउँछौँ । गणतन्त्र दिवस मलाई धेरै रमाइलो लाग्छ ।

0 reads

Published on 5/30/2024

Image

Eedha Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Eedha Bista

Grade 4

Roll No: 33045

22

More Articles from

Student

Underline