मातातीर्थ औँसी
वर्षमा एकदिन आउने, विशेष दिन हो
आमा सधैँ विशेष हुन, एकदिन मात्र किन हो
सँगै भएनी टाढाँ भएनी आमा भेट्न जाने
छोराछोरी आमासँगै बसी मिठो मिठो खाने
राम्रो राम्रो लुगा अनि मिठो मिठो खाना
छोराछोरी सँगै दिन बिताउने आमाको चाहना
आमा हुनेले आमा भेट्छन् नहुने जान्छन् मातातीर्थ
वर्णन गरी साध्य छैन आमाको माया विचित्र
यो दिन मात्र होइन सधैँ बुबाआमाको ख्याल गरौँ
सुखदुःख जे भएपनि उनीहरूको सेवामा लागि परौँ
आमाबुबा जीवनमा फेरि फेरि पाइँदैन
उहाँहरूको सेवा गर्न विशेष दिन चाहिँदैन ।।
0 reads
Published on 6/4/2024
Prapya Mishra is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prapya Mishra
Grade 5
Roll No: 32049
22
More Articles from
Student