underline

पोखरा घुमघाम

Underline

Share:

पोखरा नेपालको एउटा रमणीय र सुन्दर शहर हो । पोखरालाई तालैतालको सहर भनेर पनि चिनिन्छ । नेपाल घुम्न आउने पर्यटकहरूका लागि एउटा जानै पर्ने ठाउँ पोखरा हो । पोखरा नेपालको बिच भागमा पर्दछ । नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको पोखरा साह्रै रमाइलो छ । पोखरामा धेरै रमणीय ठाउँहरू छन् जस्तै फेवाताल, बेगनासताल, रुपाताल, सारङकाेट, पुम्दिकाेट महादेव, शान्ति स्तुपा, पाताले छाँगो आदि पोखरामा रहेका छन् । महेन्द्र गुफा चमेरे गुफा र गुप्तेश्वर गुफा पर्यटकहरूका लागि महत्त्वपूर्ण गन्तव्य हुन् । फेवाताल पोखराको मुटु हो । यो लेकसाइडमा छ । फेवातालको बीचमा तालबाराही मन्दिर छ । किनारबाट मन्दिरमा पुग्नका लागि डुङ्गामा चढेर जानुपर्छ । पोखरा पुगेका हरेक मान्छेहरू तालबाराही मन्दिर पुगेर मात्र फर्किन्छन् । मन्दिरमा पुग्ने हरेक पर्यटकलाई एकपटक आश्चर्य पनि लाग्छ । यति गहिरो तालका बिचमा एउटा सानो टापु छ । त्यसमा प्राकृतिक रूखहरू कृतिम सिँढी र बनावट तथा कलात्मक मन्दिर आदि साँच्चै अचम्मलाग्दो देखिन्छ । फेवातालको किनारमा रहेको लेकसाइड पोखराको मुख्य आकर्षण हो । यो ठाउँ पर्यटकहरूका लागि मनोरञ्जनको केन्द्र हो । लेकसाइडमा धेरै होटल रेस्टुरेन्ट र पसलहरू छन् । रातिको समयमा झिलिमिली बत्ती र सङ्गीतको धुनले लेकसाइड धेरै रमाइलो हुन्छ ।

0 reads

Published on 5/31/2023

Image

Prapya Mishra is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prapya Mishra

Grade 4

Roll No: 32049

22

More Articles from

Student

Underline