underline

दसैँ

Underline

Share:

हिन्दुहरूको महान् चाड, दसैँ नै हो हाम्रो

मिठो मिठो खान्छौँ हामी, लगाउँछौँ राम्रो

नयाँ नयाँ लुगा लगाउँछौँ, मन्दिर पनि जान्छौँ

आफन्तहरूसँग भेटी, मिठो मसिनो खान्छौँ

गाउँको बिचमा हाल्ने गर्छौं, खेल्न लिङ्गे पिङ

घर घरमा खसी ल्याउँछौँ, समाउँदै सिङ

दाजुभाइ दिदीबहिनी, सबै जम्मा हुन्छौँ

मनमुटाव रिसराग, मनमा भए सबै धुन्छौँ

असत्यमाथि सत्यको, विजय भएको अवसरमा

खुसी हुँदै जमरा अनि टीका लगाउँछौँ निधारमा

मान्यजनको घरमा गई टीका र आशीर्वाद थाप्छौँ

केटीकेटी रमाइलो गर्न, चङ्गा पनि उडाउँछौँ

टीका लगाउन मामाघर, जाँदा झनै रमाइलो

घर आई दक्षिणा गन्छौँ, भन्दै आज कति कमाइयो

यसैगरी रमाई रमाई, मनाउँछौँ हामी दसैँलाई

आत्मीयता साट्छौँ हामी, शुभकामना दिन्छौँ सबैलाई ।

0 reads

Published on 10/23/2024

Image

Prapya Mishra is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prapya Mishra

Grade 5

Roll No: 32049

22

More Articles from

Student

Underline