underline

बिडम्बना मेराे देशकाे

Underline

Share:

आमा, एकसरो फरिया र चोली फेरिदिन सक्छु कि भनेर

खाडीको यो रापमा पसिना बगाउँदैछु

बाबा, एकजोर नयाँ कमिज सुरुवाल किनिदिन सक्छु कि भनेर

खाडीको यो तातो बालुवामा रगत बगाउँदैछु

हेर प्यारी, तिम्रो मनका चाहनाहरू पूरा गर्न सक्छु कि भनेर

यो बिरानो परदेशमा सिरानी भिजाउँदैछु

मलाई पनि रहर थियो

आमा, बुबा श्रीमती र छोराछोरीसँग बस्ने

र आफ्नै गाउँघरमा रमाउने

तर गरिबी, अभाव र समस्याका पहाडले थिचेर

पोहोर साल घरको छानो फेरेको ऋणले किचेर

विदेसिनु मेरी बाध्यता हो रहर होइन

यो साल त आमालाई नयाँ फरिया चोली

बुबालाई नयाँ कमिज सुरुवाल र मिठाई

अनि श्रीमतीलाई घड़ी र आइफोन लिएर

दसैँ मनाउन आउने तयारी गरेका मेरा छिमेकी काका

चिल्लो, राम्रो, फूलैफूलले सजाइएको, बाकसमा फर्किनुभयो

हिजो सबैलाई रुवाएर

दसैँको माहोल नै दुःखी भयो मेरो टोलमा

सबैको अनुहार मलिनो छ र आँखा रसिलो

टाैल, गाउँ, सहर र पूरै देशनै शोकमग्न छ आज

यो नै बिडम्बना भएको छ मेरो देशको आज

काका, दाइ, मामा र छिमेकीहरू

खाडीमा पसिना र खगत बगाइरहेका र कैयौँ बाकसमा फर्किरहेछन् ।

0 reads

Published on 9/28/2024

Image

Prapya Mishra is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prapya Mishra

Grade 5

Roll No: 32049

22

More Articles from

Student

Underline