underline

सहिद दिवस

Underline

Share:

सहिदहरू देशको लागि बाँचे देशकै लागि मरेआफ्नो र आफ्नोकाे भन्दा देशकै धेरै माया गरेज्यानको बाजी थापेर होमिए देशको लडाईमाहाँसी हाँसी नडराइ गए फाँसीको फन्दामाकसैको अधीनमा रहेन नेपाल सहिदकै रगतलेत्यसैले त शिर झुकाई नमन गर्दैछन् आज जगतलेसहिद दिवस भनी हामी उनकै सम्झनामा मनाउँछौँवर्षमा एक दिन भएपनि उनका सालिक माला लगाई सजाउँछौँसहिदको योगदान सम्झी देशमा राम्रो केही गर्नुछभावी पुस्ताले सम्झने गरी विकासको बिउ छर्नुछआफ्नो लागि त सबैले गरे गरौँ केही देशलाई सम्झेरनेपाललाई संसारमा चिनाऔँ विकासमा अगाडि लम्केरदेश राम्रो भयो भने राम्रा हुन्छन् यहाँका सबैजनात्यसरी नै गर्नुपर्छ अब सहिदको सच्चा सम्झना॥

0 reads

Published on 2/21/2024

Image

Prapya Mishra is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prapya Mishra

Grade 4

Roll No: 32049

22

More Articles from

Student

Underline