दसैँ
दसैँ हिन्दुहरूको महान चाड हो । यो चाडलाई विजया दशमी पनि भन्दछौँ । यो पर्व १५ दिनसम्म मनाइन्छ । यो चाडमा नयाँ र राम्रा लुगा लगाइन्छ अनि मिठा परिकारहरू खाइन्छ । यस पर्वमा देवी दुर्गाको पूजा र आराधना गर्दछौँ । धेरै जसो परिवारले फूलपातीको दिन खसी काटेर दुर्गा देवीलाई चढाउँछन् । दसैँमा चङ्गा उडाउने, पिङ खेल्ने पनि गरिन्छ । यो पर्वमा परिवारहरू सँगै बसेर रमाइलो गर्छौं । घरबाट टाढा भएका परिवारका सदस्यहरू पनि दसैँ मनाउन भनेर घर फर्किन्छन् । दसैँको टीकाको दिन टीका जमरा लगाई ठुलाहरूबाट आशीर्वाद लिइन्छ । आफन्तहरू कहाँ पनि गएर टीका लगाइन्छ । यो चाड वर्षको एकपटक मनाउने चाड हो । दसैँ धेरै रमाइलो पर्व हो ।
0 reads
Published on 11/20/2024
Noya Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Noya Poudel
Grade 2
Roll No: 35014
15
More Articles from
Student