आफ्नाे बारेमा
मेरो नाम नोया पौडेल हो । मेरो सानो परिवार छ । मेरो परिवारमा म, मेरी आमा र मेरो बुबा जम्मा तीन जना बस्छौँ । मेरो बुबाको नाम रमेश पौडेल हो । उहाँ ३८ वर्षको हुनुहुन्छ । मेरो बुबा अफिस जानुहुन्छ । मेरी आमाको नाम मुना खनाल हो । उहाँ ३३ वर्षकी हुनुहुन्छ । मेरी आमा घरबाट नै विभिन्न काम गर्नुहुन्छ । हामी एकअर्कालाई धेरै माया गर्छौँ । हामी बेलाबेलामा रमाइलो गर्न घुम्न जान्छौँ । मलाई बुबाआमाले धेरै राम्रा कुराहरू सिकाउनुहुन्छ । मलाई परिवारसँग गीत बजाएर नाच्दा सबैभन्दा रमाइलो लाग्छ । हामी सबैजना मिलिजुली घरको काम गर्छौँ । मेरो परिवार धेरै असल र प्यारो छ । मलाई परिवारसँग हुँदा सुरक्षित महसुस हुन्छ र धेरै खुसी लाग्छ।
0 reads
Published on 7/19/2024
Noya Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Noya Poudel
Grade 2
Roll No: 35014
15
More Articles from
Student