underline

पृथ्वीनारायण शाह

Underline

Share:

पृथ्वीनारायण शाह

पृथ्वीनारायण शाह नेपालका महान राजा र राष्ट्रनिर्माता हुन्। उहाँको जन्म वि.सं १७७९ मा गोरखा दरबारमा भएको थियो । उहाँ राजा नरभूपाल शाहको छोरा हुनुहुन्थ्यो। पृथ्वीनारायण शाहले सानासाना टुक्रामा बाँडिएको नेपाललाई एकीकृत गर्ने राम्रो र ठुलो सपना देख्नुभएको थियो । उहाँले धेरै सङ्घर्ष र साहसका साथ विभिन्न राज्यहरू जितेर नेपाललाई एउटै देश बनाउनुभयो । काठमाडौँ उपत्यका जितेपछि उहाँले नेपाललाई चार जात ३६ वर्णको फूलबारी भन्नुभएको थियो। यसले सबै जाति र धर्मका मान्छेहरू मिलेर बस्नुपर्छ भन्ने सन्देश दिन्छ। पृथ्वीनारायण शाहको योगदानका कारण आज हामी एउटा स्वतन्त्र नेपालमा बस्न पाएका छौँ । त्यसैले उहाँलाई नेपालका राष्ट्रनिर्माता भनिन्छ। उहाँको सम्मान र सम्झनामा हामी हरेक वर्ष पुष २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँछौँ ।

1 reads

Published on 6/9/2026

Image

Noya Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Noya Poudel

Grade 4

Roll No: 35014

16

More Articles from

Student

Underline