मेरो एक दिनको दैनिकी
मिति २०८३ /१ / १२ गते म बिहान ६ बजे उठेँ। म धेरै खुसी थिएँ। मैले मुख धोएर कपाल कोरेँ । पानी खाएँ । लुगा फेरेँ । मैले बुबालाई हामी कहाँ जाने भनेर सोधेँ ? बाबाले “पोखरा जाने” भन्नुभयो । आमाले मेराे झोला तयार पारिसक्नुभएको रहेछ । म त खुसीले दङ्ग परेँ। त्यसपछि हामी गाडीतिर लाग्यौँ। हामी भोकै थियौँ। केही फलफूल किनेर खायौँ। बाटो लामो थियो । हामी एउटा रेस्टुरेन्टमा केही खान गयौँ। मिठो नास्ता खाएर अगाडि बढ्यौँ । बाटोमा राम्रा राम्रा फूलहरु देखिए । हामी हिँडेको ७ घण्टापछि पोखरा पुग्यौँ । एउटा होटल बुक गरेर एकैछिन थकाई मार्याैँ । त्यसपछि हामी पोखरा वरपर घुम्न निस्कियौँ। पुम्दीकोटको विशाल शिव मूर्ति रहेको ठाउँमा पुग्दा मलाई आनन्द लाग्यो। त्यहाँबाट देखिने हिमाल हेर्दा मन नै रमायो । फर्किँदा डेविसफल पनि पुग्यौँ। त्यसपछि डुङ्गा चढेर फेवातालमा रहेको बाराही मन्दिर पुग्यौँ। साँझ ७ बजे लेकसाइडमा रमाइलो गर्दै डिनर गरेर होटल फर्कियौँ। भोलिको घुम्ने योजना बनाएर सुत्यौँ।
1 reads
Published on 6/5/2026
Noya Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Noya Poudel
Grade 4
Roll No: 35014
15
More Articles from
Student