underline

रुद्रघण्टी: पुस्तक समीक्षा

Underline

Share:

विकृति र विसङ्गतिमाथि व्यङ्ग्य : ‘रुद्रघण्टी’

‘रुद्रघण्टी’ गायत्री लम्सालद्वारा रचित व्यङ्ग्य निबन्धसङ्ग्रह हो। यस सङ्ग्रहअन्तर्गत बत्तिसअाेटा निबन्धहरू छन्, जुन मुख्य गरी नेपाली समाजमा रहेको नकारात्मक पक्षहरू तथा भ्रष्टाचारबारे केन्द्रित छ। यहाँका निबन्धहरू अनौठो भाषाशैली तथा अद्वितीय भाषाको प्रयोग गरेर अलिक नयाँ तरिकामा लेखिएको छ। विभिन्न विचार, दृष्टान्त, उपमान, आदि सोचहरू यस सङ्ग्रहअन्तर्गत कहिले घुमाइ घुमाइ कहिले साेझै व्यङ्ग्य गरिएको छ। यसअन्तर्गत कुकुर जात्रा, खुराफाती, ४० कटेपछि, बोरिङका टिचर, मानव कोरोना, सहकारी खेती, ग्रेटबुक नामक लगायतका अन्य अरू पाठहरू छन्।

४० कटेपछि (पृष्ठ संख्या १२)

यस निबन्धमा नेपालको राजनीति, जागिर बजार, आदि क्षेत्रमा युवाहरूले पाउने अवसरबारे व्याङ्गिक रूपमा प्रस्तुत गरिएको छ। "मौका आउनुपर्छ तालुमा आलु फल्छ" भन्ने वाक्यबाट सुरु हुने पाठ मानिस दुई बिसे लागेपछि ट्वाक्क तालुमा आलु मात्र हैन विभिन्न अरू चिज पनि फलेर लटरम्म हुन्छ भनेर जिस्क्याइएको छ। देश परिवर्तन गर्ने, जागिर पाउने, राजनीति लगायतका क्षेत्रमा युवाहरू सानो हुँदा अवसर नै नपाउने र एकैचोटि २ बिसे यानिकी ४० वर्ष लागेपछि मात्र केही मौका पाउने अवस्था बारे कुरा गरेको छ। मानिसकाे उमेर ४० लागेपछि मात्र राम्रो काम गर्न सक्ने, लुलाे भएमा नराम्रो घर तथा नराम्रो आर्थिक अवस्थाबाट आएको मानिस ठान्ने र मोटो भएमा धनी तथा राम्रो आर्थिक अवस्थाबाट आएको मानिस ठान्ने परम्परागत सोचलाई देखाएको छ। उखु खेती गर्ने हजुरबुबाले केही नभएको तर ४० लागेको नेता सुगर लागेको भनेर जिस्क्याइएको छ। भ्रष्टाचारको माध्यम पैसा पाएर देशको विकास नगरी आफ्नो घरको विकास र परिवारको मात्र गरिबी निवारण गर्ने नेतालाई आलोचना गरेको छ। दुइ बिसे लागेपछि अवसरमात्र २ गुणा बढ्ने हैन, आँखा पनि २ गुणा बढ्ने (चस्मा चाहिन्छ) भनेर, अनभूति र बुद्धि मात्र बढ्दैन रक्तचाप पनि बढ्छ, यो ब्लड प्रेसर भन्ने कुरा पनि बढ्छ भनेर व्याङ्गिक रूपमा प्रस्तुत गरेको छ।

गुट उद्योग (पृष्ठ संख्या १५)

यस निबन्धमा उद्योग स्थापना हुनुपर्छ भन्ने परिचय दिँदै उद्योग मात्र हैन चुनावको बेला गुट जस्तै पार्टीहरू स्थापना भएकाे विषयलाई आलोचना गरेको छ। मौसम चुनावको हो, रोजेको कुरा फटाफट पाउने समय हो भनेर नेताहरू हतार हतार नयाँ पार्टी बनाएको अवस्था देखाइएको छ । आजकल पार्टी बन्दा बन्दा जे पनि पार्टि नै देखियो भनेर भनिएको छ। घाम हेर्दा पनि गुट, रूख हेर्दा पनि गुट, हलाे हेर्दा पनि गुट, छाता हेर्दा पनि गुट, यी मात्र होइन मन्दिर जाँदा घण्टी हेर्दा पनि गुट भनेर अन्य पार्टी बनेको जात्रा हो भनी व्यङ्ग्यका रूपमा प्रस्तुत गरिएको छ तर यति धेरै गुट बने पनि सबैको पछाडि एकै मानिस हो भनेर "चुनावको जित पछाडि त यस उद्योगको उत्पादन मात्र होइन नामसमेत कहाँ पुग्छ थाहा पाउन पुरातत्त्व विभागतिर जानुपर्छ" भनेर भनिएको छ। यसले मानिसलाई अवसर तथा सम्भावना छ जस्तो देखाइएको छ ।

बोरिङ का टिचर (पृष्ठ संख्या २१)

मानिसहरू सानैदेखि कुनै जागिर कि त कुनै पेशा गर्ने भनेर भन्छन्। धेरैले म टर टर बन्छु भनेर भन्छन् कोही मास्टर, कोही डाक्टर, कोही गफास्टर, कोही कन्डक्टर तर मुख्य पात्र चाहिँ म चर बन्छु भनेर टिचर बनेकाे सन्दर्भ निबन्धमा प्रस्तुत छ । चौथो श्रेणीमा एसइइ पास भएको मान्छे अरू काहीँ जागिर नपाएर आफ्नै परिवारको नाताले एउटा बोर्डिङ स्कुलमा जागिर खोज्न पुगेका हुन्छन्। अन्तर्वार्ता लिने बेला पाँच जनाको समूह बस्छ । पहिलो प्रश्न "बाबुले कति पढ्नुभयो ?" चौथो श्रेणीमा परेको मान्छे उत्तर दिने बेला चाँहि एकैचोटि तेस्रो श्रेणीमा हामफाले । दोस्रो प्रश्न "स्कूल समयमा गाई खाने भाषा बोल्न र पढाउन सक्नुहुन्छ नि ?" यसले चाहिँ गाई खाने मान्छेहरू, विदेशीहरू तथा क्रिश्चियनहरूले प्राय बोल्ने भाषा, अङ्ग्रेजी पढाउन र बोल्न सक्नु हुन्छ कि सक्नु हुन्न ? सोधेको हो। वास्तवमा बोल्न नआउने पात्रले चाहिँ "त्यस्तो मामुली प्रश्न पनि सोध्नु पर्छ र ?" भनेर जवाफ दिए। जागिर पाएपछि उनी गए बोर्डिङ स्कुल गाई खाने भाषा पढाउन बोल्न र सिकाउन। त्यसपछि उनी विद्यार्थीलाई सिकाउन थाले फरर अङ्ग्रेजी, काेही राम्रो गरिराछ भने गुड गुड भनेर सिकाउने, काेही नराम्रो गरि रहेको छ भने नो नो भनेर सिकाउने, यो भनेर देखाउनु छ भने दिस् दिस् भन्ने, त्यो भनेर देखाउनु छ भने द्याट द्याट भनेर सिकाउने, आदि। यसरी लेखकले आजकल विद्यालय तथा स्कुलमा तहअनुसार शिक्षा नभएको अवस्था देखाउनु भएको छ। मानिसहरूलाई आफ्नो सिपअनुसार नभई नाता अनुसार चुन्ने, बालबालिकाको भविष्य सम्हाल्न आफ्नै नसकेको मान्छेलाई छोड्दिने अवस्था देखाइएको छ। जागिर सुरु गर्न बुबाले किन्दिनु भएको ड्रेसिङ सर्ट र जुत्ता को पैसा तिर्न मात्र ३ महिना लाग्ने अवस्थाकाे चित्रण गरिएकाे छ । अङ्ग्रेजी पढाउनुपर्ने शिक्षक आफ्नो बुबाले "बाबु तिमी भोलिन्टरको काम गरिरा हो कि सुरु भैसक्यो जागिर ?" सोध्दा भोलिन्टर को अर्थ न बुजी "भोलिन्टर गरिरहेको छु" राम्रो सुन्छ भनेर भनेको पात्रको दुः खी को अवस्था देखाइएको छ।

कति हेर्नु जात्रा? (पृष्ठ संख्या ३८)

परम्परागत तथा धार्मिक जात्रा नभई आतङ्क हुने जात्राको प्रस्तुत गरिएकाे यस पाठअन्तर्गत लेखकले आफू जन्मेदेखि हेर्नुपरेको जात्राहरूको अनुभव प्रस्तुत गरेकी छन् । पहिलो जमानामा छोरो जन्मिएको राम्रो मानिन्थ्यो, छोरी मान्छेको पनि सानै उमेरमा बिहे हुने गर्थ्यो। लेखकको बुबा छोरो चाहिरहेको मान्छे छोरा पाउनको लागि अरु ९ छोरी पाइसकेको रहेछ, पहिलो श्रीमतीले जन्माउन सकिन भनेर आफू ५५ वर्षको उमेरमा बुढोले १३ वर्षकै केटीलाई बिहे गरेको व्याङ्गिक रूपमा प्रस्तुत गरेको छ। दोस्रो बिहेपछि पनि आफू दसाैँ छोरी जन्मे पछि जात्रा नै देखियो। गाईजात्राको वर्णन गरी नेपालमा अरू दिन राष्ट्रिय जनावर बाहिरको जात्रा हुन्छ भनेर अन्य नेपालमा हुने; स्त्री पुरुषहरूको जात्रा, महामहिमहरूको जात्रा, स्त्रीपुरुषको जात्रा, माननीयहरूको जात्रा, आदिको वर्णन गरिएको छ। मुख्य गरी देशको अवस्थाको जात्रा, नेता र भ्रष्टचारिको जात्राबारे लेखिएको छ। जता गए पनि, जहाँ गए पनि, जैले गए पनि, जे गरे पनि, सबैतिर जात्रा देखिने अवस्था उल्लेख गरिएको छ। आफ्नो मातृभूमिप्रति गर्व राख्नुपर्ने भूमिलाई कत्ति यो जात्रको अवस्थामा राखेको हेर्नु भनेर हामीले विरोध गर्नु पर्छ भनेर सन्देश दिइएको छ।

समग्रमा, गायत्री लम्सालद्वारा लिखित ‘रुद्रघण्टी’ नेपाली समाज, राजनीति, शिक्षा, सामाजिक व्यवहार तथा समसामयिक जीवनमा देखिएका विकृति र विसङ्गतिमाथि तिखो व्यङ्ग्य गरिएको प्रभावशाली निबन्धसङ्ग्रह हो। यस सङ्ग्रहका ३२ वटा निबन्धमार्फत लेखिकाले समाजमा विद्यमान भ्रष्टाचार, राजनीतिक विकृति, अवसरको असमानता, गुटबन्दी, शिक्षाक्षेत्रका कमजोरी, लैङ्गिक विभेद तथा नागरिक जीवनका विविध समस्यालाई हास्य र व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेकी छन्। ‘४० कटेपछि’, ‘गुट उद्योग’, ‘बोरिङका टिचर’ र ‘कति हेर्नु जात्रा ?’ जस्ता निबन्धहरूले समसामयिक नेपाली समाजका विभिन्न पक्षलाई फरक दृष्टिकोणबाट उजागर गरेका छन्। सरल, रोचक, व्यङ्ग्यात्मक तथा नवीन भाषाशैलीको प्रयोगले निबन्धहरूलाई पाठकमैत्री बनाएको छ। हँसाउँदै गम्भीर विषयमा सोच्न बाध्य बनाउनु यस कृतिको प्रमुख विशेषता हो। त्यसैले ‘रुद्रघण्टी’ मनोरञ्जन प्रदान गर्ने मात्र नभई सामाजिक विकृति र विसङ्गतिप्रति पाठकलाई सचेत, प्रश्नशील तथा जिम्मेवार बनाउन प्रेरित गर्ने महत्त्वपूर्ण हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहका रूपमा लिन सकिन्छ।

0 reads

Published on 10/8/2026

Image

Bimarsh Raj Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bimarsh Raj Ghimire

Grade 9

Roll No: 30064

18

More Articles from

Student

Underline