underline

मनाेहरा पुल

Underline

Share:

शारीरिक स्वास्थ्यमा ख्याल गर्ने व्यक्ति भएको हुनाले म प्राय हिँड्न वा खेल्न बाहिर गहिरहेको हुन्छु । मेरो घर नजिकै मनोहरा नदी छ । म सधैँ नदीको पारिपट्टि एउटा बाटोमा हिँड्ने गर्थे । त्यो बाटोको दुवैपट्टि रुख छन् र खोलाको किनारै किनार हिँड्दै गयाैँ भने मध्यपुर ठिमी पुगिन्छ । म मध्यपुरतिर नगई त्यही बाटोको चक्कर लगाउने गर्थेँ ।

एक दिन त्यही एउटै बाटो हिँड्दा हिँड्दा झ्याउ लागेर मध्यपुरतिर जान थालेँ । हिँड्दै जादा मैले आफ्नो ठुलीआमाको घर जाने बाटो भेटेँ तर त्यो बाटो नगएर फेरि अर्को सडक हिँड्न थालेँ । मैले गीत हेडफोनमा सुन्दै अगाडि हिँडिरहेँ । बिचमा एउटा मनोहरा पुल जाने मोड देखेँ । त्यहाँबाट खोलाको किनारनिर एउटा बस्ने ठाउँ देखेँ । भर्खरै पाँच बजिरहेको थियो । पुलमा गाडी चलिरहेका थिए । मैले अलिक शान्त र अँध्यारो भएपछि आनन्दले खोलामा रातको दृश्य हेर्ने योजना बनाएँ ।

केही समयपछि पुल अगाडिको बाटो हिँड्न थालेँ । बिचमा एउटा पसल थियो । त्यहाँबाट दुईटा बाटा थिए । त्यहाँबाट मेराे घर एक घण्टा जति टाडा थियो । हिँड्दा हिँड्दा अँध्यारो हुन आँटेको थियो । झसङ्ग याद आयो, मैले गीत सुन्ने सुरमा बाटो याद गर्न नै बिर्सेछु । हतार हतार पछाडि फर्केर बस जाने बाटो खोजेँ । किन हो त्याे बाटाे पहिला भन्दा अलिक उकालो भएको महसुस भयो तर पनि हिंड्न थालेँ । हेडफोन पनि बन्द भयो । हिँड्दै जाँदा थाहा पाएँ त्यो मेराे घर जाने बाटाे रहेनछ । ६ बजिरहेको थियो । घर पुग्न पनि कम्तिमा १ घन्टा लाग्थ्यो । म अलिक अगाडिसम्म हिँडेँ । एउटा पसलमा गएर "मनोहरा पुल यहाँबाट कसरी जाने ?" भनेर साेधैँ । पसले दाइले त्यहाँबाट सिधै जाँदा एउटा पेट्रोल पम्प छ, त्यहाँबाट ओरालो झर्नुपर्छ भन्नुभयो ।

हिँड्न थालेँ । पहिलाभन्दा अलिक आनन्द महसुस भयो तर पनि डरको भावना अलिअलि रह्यो । आधा घण्टा जस्तो हिँडेपछि दाइले भन्नुभएको जस्तो पेट्रोल पम्प आइपुग्यो । त्यहाँ गएर फेरि एकचाेटि पेट्रोल पम्पको दाइलाई बाटो सोधेँ । उहाँले ओरालो झर्न भन्नुभयो । २० मिनट जति हिँडे होला । बोर्डमा "मनोहरा पुल" देखेपछि आनन्द आयो । त्यहाँबाट घरको बाटो थाहा नै थियो । भर्खर सात बजेको हुनाले एकछिन खोलाको किनारमा बसेँ । एकछिनपछि थाहा पाएँ याे त मेराे घर नजिककाे मनाेहरा खाेला नभएर अर्कै ठाउँ परेछ । म धेरै आत्तिएँ । धन्न त्यहाँ ट्राफिक अधिकारी हुनुहुँदाे रहेछ । मैले उहाँलाई आफ्नो पूरा कथा भनेँ । उहाँले तिमी निकै टाढा आएछाै बस चढ्यौ भने ३० मिनटमा पुर्याइदेला भन्नुभयाे तर मसँग पैसा थिएन । उहाँलाई भनेर बाबालाई कल गर्न लगाएँ । उहाँले बाबालाई पनि सबै कुरा बुझाइदिनुभयो । म त बिच बाटोमा कसरी हराएर एक पुलबाट अर्को पुल गएछु । बाबाले मलाई लिनआउनु भयो । ३० मिनटपछि घर पुगियो ।त्यो पनि बाइकमा ।

त्यस दिनदेखि मैले हराउँदा हुने खतरा बुझेँ । अबदेखि कहीँ पनि नचिन्ने बाटो जाने हो भने बस चढ्ने भाडासहित फोन बोक्न पनि सिकेँ । संकटको बेलामा बाटो सोध्न पनि सकिन्छ । धन्नले समय मै कसैसँग सहयोग माग्न भ्याएँ । नभए के हुन्थ्यो होला मेरो हालत राति त्यस्तो व्यस्त पुलमा ।

1 reads

Published on 8/25/2025

Image

Bimarsh Raj Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bimarsh Raj Ghimire

Grade 8

Roll No: 30064

15

More Articles from

Student

Underline