underline

मेराे विचारमा: भग्न प्रेमशाला

Underline

Share:

मेराे विचारमा: भग्न प्रेमशाला भग्न प्रेमशाला लेखक खगेन्द्र गिरीको एक कथासङ्ग्रह हो । खगेन्द्र गिरी एक प्रयोगवादी कथाकार हुन् । उनले आफ्नो कथामार्फत सामाजिक, आर्थिक, राजनीतिक, नैतिक, साथै अन्य सङ्कट तथा अमनचयनमा परेको मानव अवस्थाको विषय प्रस्तुत गरेका छन् । पत्रकारको पेसामा काम गर्ने खगेन्द्र गिरी सोलुखुम्बुको जुबुमा हुर्केका हुन् । किशोर अवस्था देखि हुर्किँदै आउँदा उनले बिच बिचमा लेख्ने प्रयास गर्दै र छोड्दै गरेको देखिन्छ । कति सङ्ग्रह र लेख उनको आफूले मात्र पढेर बित्यो तर अन्तत: उनले कैयौँ पटक सोचेपछि किताब लेखन काल सक्किएर सब कुरा डिजिटल हुन थलिसकेको समयमा पनि हिम्मत लिकन आफ्नो लेखन यात्रा सुरु गरेकाे देखिन्छ । भग्न प्रेमशालामा विभिन्न अवस्थामा परेका पात्र र मानिसको अवस्था लिई समाज र वर्तमान समयमा घटिरहेको समाजिक आर्थिक, नैतिक आदि विषय र अवस्था देखिएको छ । यस सङ्ग्रहमा मानवले बर्जित मान्ने विषयलाई लेखक खगेन्द्र गिरीले अप्ठ्यारो नमानी उल्लेख गरेका छन् । बाल्यकाल तथा किशोर अवस्थामा कत्तिले गरेको गल्ति, नराम्रो निर्णय, गलत बाटोमा लागेको, असामान्य काम लगायतका कुरा यस सङ्ग्रहको पाठ तथा अध्यायमा उल्लिखित छ । यस सङ्ग्रहमा कूल ९ अाेटा कथाहरू सङ्गृहीत छन्, जसमा प्रत्येकले पात्रको विस्तृत परिचय र अवस्थाको छलफल, प्राय दु:खको अवस्थामा परेको स्थिति तथा हालत प्रस्तुत छ । उदाहरणको लागि लिन सक्छौँ निर्मुक्त स्त्री, सुरुकै कथा जसमा मूख्य केटी पात्रले आफ्नो जीवनमा प्रेम र कामको विषयमा ठिक निर्णय लिन सक्दिनन् । बारम्बर आफ्नो छनौटको पाइलाबारे सोचेर अड्केको देखिन्छ । बाल्यकालमा पढाइ र मायाबारे अलिक हुर्किँदै जाँदा आफूसगँ घनिष्ट सम्बन्ध भएको मानिसबारे, मातृत्वमा प्रवेश गरेपछि आफ्नो बिहे, बच्चा र जागिरबारे, आदि । मखमल कथामा सुरुमा चलाख, बाठो, आफ्नो बाबा र परिवारको विश्वासको किरणझैँ मूख्य केटा पात्र मखमल हुन्छ । मिहिनेत गरी छोरोलाई विदेशमा अङ्ग्रेजी भाषाको विशेषज्ञ बनाउने योजना बनाउँछन् बुबा । पछि गएर त एक्कासी व्याख्या नै गर्न नसकिने कारणले छोरो एक्कासी अन्जान जस्तो गर्छ, छोरोले आफ्नो चलाखपन हराएको जस्तो गर्छ, आफ्नो बानी बदलिन्छ र परिवारकाे साथ नै टुट्छ । पछि गएर बुबाले घृणा गर्ने धनी मान्छे, जसको हत्याको दोष बेकारण मखमलले लिन्छ र जेल जान्छ । कथाले त्यसपछि उसको दु:खित अवस्थाबारे उल्लेख गर्दै जान्छ । यसै गरी अरू पाठमा अन्य अवस्था र घटना पार गरेको पात्रहरुको अवस्था र अनुभवबारे यस कथामा उल्लिखित छ । परिवेशको बारेमा कुरा गर्नुपर्दा, प्रायः कथाहरूमा सामान्य परिवेश देखिएको छ, जहाँ पात्रहरू ज्यामिरे, विद्यालय, डाँडाँकाे बजार, काहुले, डुम्रे, घर, सहर रहेका छन् । त्यसबाहेक एउटा कथा जेलको परिवेशमा आधारित छ भने अर्को कथा काल्पनिक चौरमा घटित हुन्छ, जहाँ मृतकहरूले आफ्ना अनुभव र विचारहरूबारे छलफल गर्छन्। यसबाहेक परिवेशका विशेष पक्षहरू खासै देखिँदैनन्, किनकि पात्रहरू आफ्नो वातावरणको वर्णनभन्दा पनि आफ्नै अवस्था तथा कथाको घटनाक्रममा केन्द्रित छन्। कतिपय पात्रहरू कुन ठाउँ तथा परिस्थितिबाट आएका हुन् भन्ने उल्लेख गरिएको छ तर त्यसबारे गहिरो वर्णन र विश्लेषण गरिएको छैन। लेखनशैली, ढङ्ग तथा तरिकाका बारेमा भन्नुपर्दा मलाई यो दुवै सरल र जटिल लागेको छ। ठाउँ ठाउँमा गहिरो अर्थ भएका तथा कम सुनिएका शब्दहरूको प्रयोग गरिएको छ तर त्यसबाहेक कथाहरूको अधिकांश भाग सरल शैलीमा लेखिएको र सजिलै बुझ्न सकिने खालको छ। यी कथाहरू मुख्यतः वर्तमान कालको आधारमा लेखिएका छन् भने कतिपय स्थानमा भूतकालको प्रयोग पनि गरिएको देखिन्छ। कथाहरूको सुरुवातमा धेरै वर्णन नगरी कुनै अवस्था वा अनुभवको व्याख्या गर्न थालिएको देखिन्छ। प्रायः पात्रहरूको नाम मात्र दिइएको छ, नभए त्यो पनि नदिई उनीहरूको वर्तमान वा विगतबारे परिचय प्रस्तुत गरिएको छ । पढ्दै जाँदा मलाई कथाको बिच भागमा पुगेपछि मात्र कथाको आशय राम्रोसँग बुझ्न थालेको अनुभूति भयो । प्रयोगवादी कथाकारको सामाजिक, राजनीतिक, आर्थिक तथा नैतिक विषयप्रतिको दक्षताका कारण यस कृतिले कथाको रूप र मानव जीवनका अनुभवहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सकेको छ। मूख्य वा सहायक जुनसुकै पात्र भए पनि प्रायः प्रत्येकले समाजको कुनै न कुनै पक्ष वा विकृतिको प्रतिनिधित्व गरेको देखिन्छ। यस कथासङ्ग्रहबाट एउटा मन परेको कथा राेज्नुपरेमा म ‘मखमल’ रोज्छु । यस कथामा मखमल नामक पात्रको जीवन र कार्यको वर्णन गरिएको छ। सुरुदेखि नै मखमल जेलमा रहेको अवस्थाको चित्रण गर्दै त्यहाँका मानिसहरूसँगको उसको अनुभव प्रस्तुत गरिएको छ। जेलको सीमितता र त्यहाँको स्वतन्त्रतालाई जेलबाहिरको तथाकथित “वास्तविक धरातल” सँग तुलना गरिएको छ। कथा अगाडि बढ्दै जाँदा मखमलको बाल्यकालको वर्णन गरिन्छ। सानै उमेरदेखि चलाख भएकाले सबैको अपेक्षा उसमाथि थियो। बुबा र आमाबिचको सम्बन्ध राम्रो रहनुको एउटा कारण पनि ऊ नै थियो । सबैले “यो केटोले केही गर्छ” भन्ने आशा राखेका थिए तर पछि एक्कासि मखमलको जीवनमा समस्या आउँछ र उसप्रतिको माया तथा अपेक्षा क्रमशः हराउँदै जान्छ । आमाले छोडेर गएपछि बुबा पनि मदिराको लतमा फस्छन् र मखमललाई बेवास्ता गर्न थाल्छन् । अन्ततः बुबा मर्नुअघि नजिकै बस्ने एक धनी मानिसलाई सरापेर मर्छन् । पछि त्यो धनी मानिसको मृत्यु हुँदा वास्तविक दोषीको सट्टा मखमलले सबै दोष आफ्नो टाउकोमा लिन्छ र जेल जान्छ । त्यसपछि वास्तविक दोषी व्यक्तिले मखमल जेलबाट निस्किएपछि उसलाई सहयोग गर्छ र यही घटनाक्रम कथामा प्रस्तुत गरिएको छ। यस सङ्ग्रहका कथाहरूको बारेमा मेरो विचार स्थिर छैन । कतिपय स्थानमा पात्रहरूको निर्णय र सोचाइ मन पर्छ भने कतिपय ठाउँमा ती नराम्रा र मूर्खतापूर्ण पनि लाग्छन्। पात्रहरूको विगत भने मलाई निकै मन परेको छ। त्यो दुःखद भएकाले होइन, बरु राम्रोसँग लेखिएकोले हो। प्रत्येक पात्रको विगत र अघिल्ला अनुभवहरूले उनीहरूको पछिल्ला भावना र व्यवहारलाई प्रभाव पारेको देखिन्छ। कहिलेकाहीँ यसले सकारात्मक परिवर्तन ल्याउँछ भने कहिलेकाहीँ परिवर्तन गर्नै नसकिने नकारात्मक परिस्थिति सिर्जना गर्छ । त्यसैले मेरो विचारमा पात्रहरूको चरित्रचित्रण जटिल ढङ्गले गरिएको छ, जसका सकारात्मक र नकारात्मक दुवै पक्ष छन्। अन्त्यमा, सिफारिस गर्नुपर्दा यस किताबको भाव र विषयवस्तु निकै विविध लाग्छ तर यथार्थवादी दृष्टिकोणका कारण यो पुस्तक म जस्तो पाठकका लागि मात्र नभई सबैका लागि उपयुक्त नहुन पनि सक्छ । कतिपयलाई पढ्दा मन नपर्न सक्छ। कसैलाई सिफारिस गर्नुपरेमा म यो पुस्तक विशेष गरी उमेर पुगेका व्यक्तिहरू, जीवनका केही परिस्थितिमा स्थिर निर्णय लिन नसकेका मानिसहरू, नकारात्मक सोच वा दृष्टिकोणमा अल्झिएका व्यक्तिहरू तथा समाजमा भइरहेका घटनाहरूले सामान्य र जटिल अवस्थाका मानिसहरूको जीवनमा पार्ने प्रभावबारे जान्न चाहने पाठकहरूलाई सिफारिस गर्ने थिएँ।

2 reads

Published on 6/24/2026

Image

Bimarsh Raj Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bimarsh Raj Ghimire

Grade 9

Roll No: 30064

15

More Articles from

Student

Underline