मेरो जन्मस्थान - पहिले र अहिले
मैले आफ्नो जीवनमा धेरै ठाउँमा बसोबास गरेको छु । तर सबैभन्दा पहिला म इटहरीमा जन्मिएर त्यहीँ आफ्नो परिवारसगँ बसेको थिएँ । इटहरीमा भर्खर एक-दुई वर्षको हुँदा एक गाउँ जस्तो थियो र त्यहाँ धेरै विकास भएको थिएन । त्यती बेला म जहिले आफ्नो हजुरबुवासगँ गाउँ घुम्ने गर्थेँ । त्यहाँ कति धेरै खाली चौतारी थिए। बाख्रा, गाई र अरू जनावरहरू चरिरहेका हुन्थे । बाटोको किनारमा पानी हुन्थ्यो र त्यस भित्र माछाहरू हुन्थे । हाम्रो घर एक तलाको थियो र माथि छत थियो । पछाडीको आगनमा हिलो नै हिलो भएको पोखरी थियो र त्यसभित्र पनि माछाहरू हुन्थे ।
म विद्यालय पढ्ने बेला भए पछि मैले इटहरी छोडेर आमा बुवासगँ भक्तपुर जानु पर्यो । त्यहाँ पनि मजा थियो तर गाउँमा भएको जस्तो भावना नै थिएन । तर टाढा बसे पनि म दसैँ तिहारको छुट्टिमा गाउँ फर्कन्थेँ । बिस्तारै इटहरी गाउँबाट शहर हुन थालेको थियो । त्यहाँ सबै जनाले प्रविधिहरू प्रयोग गर्न थाले, घर को तला थप्न थाले, बाटोको परिवर्तन हुन थाल्यो, र बिस्तारै गाउँ त झन्डै चिन्न नसक्ने भएको छ । त्यहाँ अब मान्छेहरूले गाई, खसी, बाख्रा र अरू जनावर चराउन छोडेका छन्, माछाहरू पोखरी र तालहरूमा भेटिन बन्द भएका छन्, र यौटा धेरै खाली ठाउँ भएको विद्यालयको पनि कक्षा र खेल्ने मैदानहरू थपिएका छन् ।
हुन त गाउँको धेरै असल परिवर्तन भएको छ र त्यहाँका बासिन्दाहरूको जीवन सहज बनेको छ, अब जत्ति कोसिस गरे पनि त्यस गाउँमा पहिला जस्तो मजा आउँदैन, त्यहाँको वायुमण्डल पहिलाको जस्तो लाग्दैन, त्यहाँ मानिसहरू पहिलाको जति मिलिजुली गर्ने र सामाजिकीकरण गर्न बन्द गरेका छन्, र गाउँको हरियाली पनि पहिला जस्तो छैन ।
समयसगँ परिवर्तन आउँछ, र यस आधुनिक युगमा परिवर्तन सबै तिर फैलिएको छ । इटहरी मात्र हैन, अरू सबै गाउँहरूको पनि अवस्था त्यस्तै हुँदै छ । त्यसैले अब हामी आधुनिक युगको प्रभावलाई स्विकार्दै अगाडि बढ्नुपर्छ ।
0 reads
Published on 9/28/2024
Bimarsh Raj Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bimarsh Raj Ghimire
Grade 7
Roll No: 30064
15
More Articles from
Student