जाडो मौसम
समयको र मौसम परिवर्तन हुँदै जाँदा अहिले हामी गर्मीबाट जाडोको मौसममा पुगेका छौँ । जाडो आउँदै गरेकाे हुनाले धेरै परिवर्तनहरू आउन सक्छन् । जाडोको मौसममा दिनहरू छोटा हुँदै जान्छन् र रात छिटो पर्न थाल्छ, त्यसैले गर्दा हामी जाडोमा छिटो अथवा धेरै सुत्ने गर्छौँ ।
जाडो लागेपछी बिस्तारै तापक्रम पनि घाट्दै जान्छ, त्यसैले गर्दा हामीले न्यानो र बाक्लो कपडा लाउनुपर्छ र तातो खाना खानुपर्छ । जाडो मौसममा मानिस मात्र हाेइन, जनावरहरूको पनि व्यवहारमा फरकपन आउन सक्छ । जस्तै कुनै कुनै जनावरहरू अलिक शान्त हुँदै जान्छन् । साथसाथै किराहरू पनि कम आउन थाल्छन् जस्तै लामखुट्टे ।
कुनै मान्छेलाई जाडो मन पर्छ किन भने जाडोमा तातो लुगा लाउन मिल्छ र दिनभरी घामले गर्मी हुँदैन । कुनै मान्छेलाई जाडो मन पर्दैन किन भने उनीहरूलाई चिसो खान मन पर्छ अथवा शितल कपडा लाउन मन पर्छ । कुनै मान्छेलाई जाडो कठिन हुन्छ, जस्तै किसानहरू किनभने जाडोमा गर्मी जत्तिको तरकारीहरू फल्दैनन् । हामीले मन पराए पनि न पराए पनि मौसमको परिवर्तन हुँदा जाडो आउँछ, र हामीले यसको असरहरूका लागि तयार हुनुपर्छ ।
0 reads
Published on 11/23/2024
Bimarsh Raj Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bimarsh Raj Ghimire
Grade 7
Roll No: 30064
15
More Articles from
Student