असार
आयाे असार रमाइलाे वर्षा
सबैमा छायाे उमङ्ग र हर्ष ।
खेतबारीमा छ धेरै रमाइलाे
गाेरु, हलाे अनि माैसम घमाइलाे ।
पानीले भिज्छन्,खेतका पाटा
हाँसाे चल्छ,खेलिन्छ माटा ।
दही,चिउरा खाने मिठाे मानी
किसानकाे श्रम र मिहिनेत मानी ।
एक हातमा बिउ छ, अरूकाेमा आसई
हरियालीले दिन्छ माटाेलाई सास ।
रमाइलाे दिन मात्र हाेइन याे
अन्न उब्जाउने परीक्षा हाे याे ।
अन्न उब्जाउने महिना हाे याे ।
0 reads
Published on 9/16/2025
Ajanya Govinda Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Ajanya Govinda Parajuli
Grade 5
Roll No: 33031
23
More Articles from
Student