मेरो परिवार
मेरो नाम अजन्य पराजुली हाे । म रातोपुलमा बस्छु । मेरो परिवारमा छ जना सदस्य हुनुहुन्छ । मेरो परिवारमा हजुरबुबा, हजुरआमा, बुबा, आमा, बहिनी र म छौँ । मेरा हजुरबुबा र हजुरआमा घरमै बस्नुहुन्छ । मेरो बुबा मार्केटर हुनुहुन्छ । मेरो बुबा दयालु हुनुहुन्छ । मेरो बुबालाई नेपाली खाना खान मन पर्छ । मेरो बुबाको मन पर्ने रङ निलो हो । बुबालाई किताब पढ्न मन लाग्छ । मेरी आमा शिक्षिका हुनुहुन्छ । मेरी आमा पनि मायालु हुनुहुन्छ । मेरी आमालाई मःम खान मन पर्छ । मेरी आमाको मन पर्ने रङ रातो हो । मेरी बहिनी सानी छिन् । उनलाई पुतली खेल्न मन पर्छ । उनलाई सुन्तला र स्याउ खान पनि मन पर्छ । बुबाले हामीहरू सबै जनालाई धेरै माया गर्नुहुन्छ ।
0 reads
Published on 6/24/2023
Ajanya Govinda Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Ajanya Govinda Parajuli
Grade 3
Roll No: 33031
23
More Articles from
Student