कथाः ‘चमेलीकाे बास्ना’
पुस्तक समीक्षा
परिचय
यस कथाकf लेखक रामबाबु सुवेदी हुन्। यस कथा को चित्राङ्कन के.के. कर्माचार्यले गरेका हुन् ।
पात्र
यस कथामा पात्रहरुको नाम चमेली, चमेलीकी आमा, उसका साथीहरु, सुनार, प्रधानाध्यापक र गुरुआमा हुन् । यस कथामा सबै मानवीय पात्रहरु छन् । यस कथामा मुख्य पात्र चमेली हो । सहयोगी पात्र भने अरु सबै जना हुन् ।
यस कथामा असल पात्र मात्रै छन् । चमेलीलाई थाहा थिएन कि उनी सुनको नराम्रो बाटोमा जादै थिइन् तर प्रधानाध्यापकले उसलाई सम्झाउनुभयो र चमेलीले सुनको लत छोडदिई।
कथावस्तु
यस कथामा चमेले नाम गरेको केटी विद्यालय गइरहेको देखिन्छ। उसकाे आमाले उसलाई सुनका गहनाहरु देखाउनुहुन्छ । आनि भोलिपल्ट चमेली उसकी आमाको सिरफूल लगाएर विद्यालय जान्छे । आनि उसका सथिहरु छक्क पर्छन् र उसकाे एउटा साथीले उसलाई भन्छ कि “तिमिसँग त जम्मा एउटा सिरफूल छ मेरी दिदीसँग त कत्ति गहना छन् । त्यसपछि उसलाई गहना लगाउन मन लाग्छ र ऊ आमा सँग सुनार कहाँ गएर सुनको गहना बनाउन भन्छे । भोलि ऊ विद्यालय पुग्छे र कक्षामा गुरुले चमेलीकाे चित्र बनाउन भन्नुहुन्छ तर चित्रहरुमा उसका हात या खुट्टा गहनाले बाँधिएका थियाे। भोलि प्रधानाध्यापकले चमेलीलाई सम्झाउनु हुन्छ र उसले सुनको लत छोडदिन्छे ।
परिवेश
यस कथामा गाउँले परिवेश हरु छन। यस कथाको स्थलगत परिवेशहरु चमेलीको घर, चमेलीको कोठा, विद्यालय जाने बाटो, चमेलीको विद्यालय हो ।
सिफारिस
यो कथालाइ सिफारिस गर्छु । किन भने यस कथा पढेर मलाई मजा आयो र यो कथा पढेर मलाइ थाहा भयो कि सुन ले मान्छेलाइ बिगार्न सक्छ र सुनको गहना लगाएर कोही पनि ठुलो हुँदैन
0 reads
Published on 9/29/2021
Aadar Timalsina is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadar Timalsina
Grade 5
Roll No: 29046
24
More Articles from
Student