मेरो देश
स्वाभिमानी नेपालीको वास हुने देशसयाैँ थरी भाषाभाषी भिन्न छ याे भेष।बुद्ध जन्मे यै देशमा शान्ति सन्देश छर्नअहिंसा र अशान्ति चाहिँ हुन्न कहिल्यै गर्न।वीर पुरुषकाे जन्म भयाे नेपाल एक पार्नबिना कसुर कसैलाई हुन्न भन्थे मार्न।पासाङ ल्हामु साहसी भै चढिन् सगरमाथाइतिहासमा गोर्खालीको छुट्टै छ है गाथा।नेपाल हो जलस्रोतको दोस्रो धनी राष्ट्रविश्वले नै मान्छ हजुर हाम्रो धर्म शास्त्र।कलकल बग्ने नदी अनि छहराले गर्दाछुट्टै मिठो आभास हुन्छ जलले सङ्गीत भर्दा ।यै देशमा गर्व लाग्छ जसले भने पनिमेरो लागि स्वर्ग हो यो नर्क भन्दा माथि।आफ्नै देशको गर्व गर्नु ठुलो कुरा होइनत्यहिी पनि विर गोर्खाली अरू जस्तो छैन।गोर्खालीको खुकुरीले झारेका हुन् सेखीगोर्खालीले हराएका विश्वका विदेशी।नेपालीलाई सोच्या होलान् सानाे देश भनीनेपाली आँट र साहस गाैरवशाली छ नि ।
0 reads
Published on 5/25/2023
Aadar Timalsina is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadar Timalsina
Grade 7
Roll No: 29046
24
More Articles from
Student