underline

प्रकृतिप्रेम

Underline

Share:

प्रकृतिप्रेम

हरियो वन, निलो गगन, प्रकृतिको सुन्दर रूप

नदीको मधुर बहावले मेटाउँछ मनको दुःख

हिमाल उभिएको अटल भई साहसको प्रतीक

यसको रक्षा गर्नु नै हो हाम्रो सच्चा देशभक्ति ।

फूलहरू मुस्कुराउँछन् सुगन्ध छर्दै चारैतिर

चराहरू गाउँछन् गीत प्रत्येक नयाँ बिहानीभर

रुखले दिन्छन् शीतल छाया, स्वच्छ हावा साथ

प्रकृतिप्रतिको प्रेमले उज्यालो हुन्छ जीवनपथ।

वर्षाका कोमल थोपाले खेतबारी हरियाली

मेहनती किसानको मुहारमा ल्याउँछन् खुशियाली

जल, जङ्गल र जमिन हुन् जीवनका आधार

यी बिना मानवको संसार हुन्छ अन्धकार।

वन विनाश नगरी सबैले बिरुवा रोपौँ

स्वच्छ नदी, स्वच्छ हावा मिलेर सधैँ जोगाऔँ

प्रकृतिको सम्मान गर्दा भविष्य बन्छ उज्यालो

हरियाली प्रकृतिले भरिएको देश हुन्छ सधैँ रमाइलो।

आअाैँ सबै हातेमालो गरी प्रकृति बचाऔँ

हरियो नेपाल बनाउने सङ्कल्प आज गरौँ

प्रेम, संरक्षण र सम्मान हाम्रो पहिचान बनोस्

प्रकृतिको काखमा मानव जीवन सधैँ सुखी रहोस् ।

2 reads

Published on 9/21/2026

Image

Aadar Timalsina is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadar Timalsina

Grade 10

Roll No: 29046

25

More Articles from

Student

Underline