underline

जाडो बिदा

Underline

Share:

मेरो यसपालिको बिदा रमाइलोसँग बित्यो । पहिलो हप्तामा म मेरो परिवारसँग सिनेमा हेर्न गएँ । अर्को दिन मेरी साथीको घरमा गएर रमाइलो गरेँ । तेस्रो दिन म र मेरो दादा फनपार्कमा गयाैँ । दोस्रो हप्तामा हामी काकाको घरमा गयाैँ । त्यहाँ पुराण लगाइएको थियो । पुराणमा गुरुहरूले भागवत गीता वाचन गर्नुभएको थियो । गीता वाचन गरेको सुन्नलाई धेरै मानिसहरू आउनुभएको थियो । मैले पनि गीता वाचन गरेको सुनेँ । पुराणमा धेरै आफन्तहरू छिमेकीहरू आउनुभएको थियो । मैले त्यहाँ दादा, दिदी र भाइसँग खेल्न पाएँ र रमाइलो गरेँ । हामी एक हप्ता त्यहीँ बसेर घर फर्कियौँ । यसरी मैले यसपालिको जाडो बिदा रमाइलोसँग बिताएँ ।

0 reads

Published on 6/2/2023

Image

Kashvi Satyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kashvi Satyal

Grade 3

Roll No: 33010

15

More Articles from

Student

Underline