मेराे मन
Share:
फूलै फूलकाे बगैँचामा
पुतलीझैँ नाच्न मन छ ।
धेरै साथीहरूका माझ
खुसीहरू साँच्न मन छ ।
उडी छुनु चन्द्र भनेझैँ
मलाई नि केही लक्ष्य लिनु छ ।
आकास छुन नसके नि
बादलझैँ उड्नु छ ।
धेरै कथा र कविता पढ्नु छ
पढ्नभन्दा लेख्न मन छ
कम्मर मर्काएर नाच्न मन छ
सुरिलाे संसार भर्न मन छ ।
0 reads
Published on 8/29/2025
Kashvi Satyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kashvi Satyal
Grade 5
Roll No: 33010
15
More Articles from
Student