underline

आकाशका तारा

Underline

Share:

आकाशका तारा

आकाशमा राति चम्किने असङ्ख्य ताराहरू प्रकृतिका सुन्दर उपहार हुन्। अँध्यारो रातमा टल्किरहेका ताराहरू हेर्दा मन निकै आनन्दित हुन्छ। साना बालबालिकादेखि ठुला मानिससम्म सबैलाई ताराहरू मन पर्छ।

ताराहरू आफैँ प्रकाश दिने आकाशीय पिण्ड हुन्। केही तारा धेरै चम्किला देखिन्छन् भने केही अलि मधुरा देखिन्छन्। हामीलाई साना देखिए पनि वास्तवमा तिनीहरू धेरै ठुला हुन्छन् र पृथ्वीबाट धेरै टाढा रहेका हुन्छन्।

सानो हुँदा हामी ताराहरू गन्दै रमाइलो गर्थ्यौँ। कहिलेकाहीँ आकाशमा तारा झरेजस्तो पनि देखिन्छ। त्यो दृश्य निकै आकर्षक लाग्छ। सफा मौसममा धेरै तारा देखिन्छन् भने बादल लागेको बेला देखिँदैनन्।

ताराहरूले प्रकृतिलाई माया गर्न र ब्रह्माण्डका बारेमा जिज्ञासा राख्न प्रेरणा दिन्छन्। त्यसैले हामीले वातावरण सफा राखी सुन्दर आकाशको आनन्द लिनुपर्छ। आकाशका ताराहरू प्रकृतिका अनमोल गहना हुन्।

0 reads

Published on 7/9/2026

Image

Kashvi Satyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kashvi Satyal

Grade 6

Roll No: 33010

17

More Articles from

Student

Underline