underline

मेरो दसैँको बिदा

Underline

Share:

दसैँ बिदामा पहिलो हप्तामा म मेराे ठुलाबाको घर गएर टीका लगाएर दसैँ मनाएँ । त्यहाँ ठुलीआमा र फुपूहरूले बनाउनुभएको खानेकुरा एकदमै मिठो थियो । त्यहाँ एउटा जुली भन्ने कुकुर पनि थियो । मैले जुलीसँग धेरै बेर खेलेँ । मेरा ठुला दादा, साना भाइहरू र बहिनीहरूसँग पनि मैले धेरै रमाइलो गरेँ । धेरै फोटो पनि खिच्यौँ । टीकाको भोलिपल्ट हामी बिहानै ५ बजे गाडीमा धरानको मामाघरतिर लाग्यौँ । हामीले बाटो थाहा नपाएर दुई घण्टा धरानतिर नजाने नै बाटो हिँड्यौँ । त्यसैले हामी मामाघर पुग्दा रातिको ८ बजेको थियो । भोलिपल्ट म मेरा दिदीहरूसँग खेलेँ । मैले कुखुरा, बाख्रा, खसी र चल्लाहरूसँग पनि खेलेँ । मामाघरकी हजुरआमाले टीका लगाइदिनु भयो र हजुरआमाले टीका लगाइदिँदा मन्त्र मैले नै पढेको थिएँ । मामामाइजू र ठुली आमाले पनि हामीलाई टीका लगाइदिनुभयो । बेलुका हामी ठुलीआमाको घरमा गयौँ र म त्यहाँ दिदीसँगै सुतेँ । भोलिपल्ट हामी बराह क्षेत्र मन्दिर गयौँ । मन्दिर सप्तकाेसी नजिकको किनारमा थियो र हामीले त्यहाँको सानो खोलामा पौडी खेल्यौँ । म अर्को मामाको घरमा गएर पोखरीमा माछा समातेँ र भोलिपल्ट हामी इटहरीको वाटरपार्कमा रमाइलो गर्‍याैँ । एक हप्ता जति बसेर म मेरा मामासँग काठमाडौँ फर्किएँ ।

0 reads

Published on 2/9/2024

Image

Kashvi Satyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kashvi Satyal

Grade 3

Roll No: 33010

15

More Articles from

Student

Underline