कृष्ण लीला
कृष्ण लीला
कृष्ण भगवान मथुरामा जन्मनुभएको हो। उहाँ वृन्दावनमा यशोदा मैयाको काखमा पुग्नुभएको थियो र त्यही हुर्कनुभयो। बच्चैदेखि कृष्ण भगवान यमुना नदीको किनारमा खेल्नुहुन्थ्यो र सबैजनाको प्यारो हुनुहुन्थ्यो। सानै उमेरदेखि कृष्ण भगवानले आफ्नो लीला सबैलाई देखाउन थाल्नुभएको थियो । उहाँ सबैलाई आफ्नो लीला देखाएर अचम्म पार्नुहुन्थ्यो । कंशले कृष्णलाई मार्न जति राक्षसहरू पठाए पनि कृष्णले सबैलाई हराउनुहुन्थ्यो। मखन चोरेर खानमा पनि कृष्ण प्रख्यात हुनुहुन्थ्यो । कृष्ण भगवानले सबैजनाको भलो र उद्धार पनि गर्नुभएको छ। उहाँले आपत सङ्कटबाट पनि जोगाउनु भएको छ।
0 reads
Published on 6/10/2026
Rihan Bogati is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Rihan Bogati
Grade 5
Roll No: 34035
15
More Articles from
Student