underline

वायु प्रदूषण

Underline

Share:

वायु प्रदूषण एक गम्भीर समस्या हो । यो वातावरणमा हानिकारक पदार्थहरू मिसिएर मानिस, जनावर र प्रकृतिलाई नोक्सान पुर्‍याउने अवस्थालाई जनाउँछ । हावा प्रदूषणका मुख्य कारणहरू सवारी साधन, उद्योग, कलकारखाना, डढेलो आदि पर्दछन् । सवारी साधनहरूबाट निस्कने धुवाँ, कारखानाहरूबाट निस्कने धुलोधुवाँ, प्लास्टिक जलाउँदा उत्पन्न हुने धुवाँ हावामा मिसिन जान्छ । यसले हाम्रो स्वास्थ्यमाथि नराम्रो असर पु‍‍र्‍याउँछ । हावा प्रदूषणका कारणले मानिसहरूमा विभिन्न प्रकारका रोग लाग्न सक्छ । हावा प्रदूषण घटाउनका लागि केही उपायहरू अपनाउन सकिन्छ । जस्तैः पुराना सवारी साधनहरूको प्रयोग घटाउनु, वृक्षारोपण गर्नु, नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोग गर्नुपर्दछ ।

0 reads

Published on 11/21/2024

Image

Rihan Bogati is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Rihan Bogati

Grade 3

Roll No: 34035

14

More Articles from

Student

Underline