अनुशासन
अनुशासन भनेकाे नियमपालन हाे । अनुशासन मानिसकाे महत्त्वपूर्ण गुण हो । अनुशासन पालना गर्ने व्यक्तिले समाजमा उच्चपद र प्रतिष्ठा प्राप्त गर्दछ । अनुशासन पालना गर्ने व्यक्ति सबैकाे नजरमा असल ठहरिन्छ । जुन व्यक्ति अनुशासित छैन उसले अरू कसैलाई पनि अनुशासित बनाउन सक्दैन । अनुशासनले समाज निर्माण, सफलता, सङ्गठन, नैतिकता, सहजता, सामाजिक न्याय जस्ता गुणहरूको विकास गर्छ । अनुशासनमा बस्ने व्यक्ति आफ्नो कर्तव्य पूरा गर्न सक्षम हुन्छन् साथै सामाजिक समृद्धिमा सहयाेग गर्न सक्छन् । अनुशासनको आवश्यकता समाजसँगै सबैलाई हुन्छ ।
0 reads
Published on 8/25/2023
Rihan Bogati is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Rihan Bogati
Grade 2
Roll No: 34035
14
More Articles from
Student