सिफल नाइट
२०७८ साल ८ महिना १० गते शुक्रबारका दिन हाम्रो विद्ययमा सिफल नाइट कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नृत्य संगीत नाटक योग आदि विधाहरू समावेश भएका थिए । मैले स्वस्तिवाचनमा भाग लिएको थिएँ । म र मेरा साथीहरूले स्वस्तिवाचनमा सामेल भएपछि हामीले नृत्य गर्न थाल्यौँ । नृत्य गर्न पाउँदा मलाई धेरै खुसी लागेको थियो । म र मेरा साथीहरूलाई त्यस दिन धेरै रमाइलो भयाे । मेराे भाइ र मामु पनि हाम्राे कार्यक्रम हेर्न आउनुभएकाे थियाे । हाम्रो नृत्य सकिएपछि हामीले गीत पनि गायौँ । अन्त्यमा हाम्रो कार्यक्रम सकिएपछि हामी सबैजना स्टेजमा पुग्यौँ । त्यहाँ हाम्रा ममीबाबा हामीलाई लिन आउनुभएको थियो र हामी आफ्नो घर गयाैँ । त्यस दिनकाे कार्यक्रम धेरै रमाइलो भयो ।
0 reads
Published on 1/14/2022
Joyana Thapa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Joyana Thapa
Grade 3
Roll No: 31010
17
More Articles from
Student