underline

तर्साउने केटो

Underline

Share:

तर्साउने केटो पुस्तक जेठ महिनामा मासिक पुस्तकको रूपमा हामीले पढ्याैँ । यस कथाम एकजना केटाे हुन्छन् उनकाे नाम रिङ्कु हुन्छ । रिङ्कुलाई तर्साउन रमाइलो लाग्छ । घरमा पाहुना आएका बेलामा उसले दिदीलाई तर्साउँछ । दिदीका हातबाट सिसाका कपहरू खसेर फुट्छन् । आमाले रिङ्कुलाई “तर्साउने काम राम्राे हाेइन” भनेर सम्झाउनुहुन्छ तर रिङ्कुले भोलिपल्ट नै स्कुलमा गएर बेन्चमुनि बसेर साथीहरूलाई तर्साउँछ । अब रिङ्कु झन हौसिन थाल्छ । रिङ्कुले आफ्ना कक्षाका साथीहरूका साथै ठुला कक्षाका दाइ दिदीहरूलाई पनि तर्साउँछ । उसले पुस्तकालयमा सरलाई पनि तर्साउँछ । एक दिन उसले गुरुआमालाई तर्साउँदा गुरुआमा भर्‍याङबाट लड्नुहुन्छ र अस्पताल लगिन्छ । रिङ्कुले तर्साएको कुरामा पश्चाताप मान्छ । उसलाई तर्साएर मज्जा लाग्दैन अब कसैलाई पनि नतर्साउने बाचा उसले सरसँग गर्छ । कक्षामा ऊ रुन पनि थाल्छ । रिङ्कुले झुटो नबोलेकाे देखेर शिक्षक खुसी हुनुहुन्छ र उसका साथीहरू पनि खुसी हुन्छन् ।

0 reads

Published on 11/29/2021

Image

Joyana Thapa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Joyana Thapa

Grade 3

Roll No: 31010

17

More Articles from

Student

Underline