underline

मनु र मनेः पुस्तक समीक्षा

Underline

Share:

मनु र मने साथी हुन् उनीहरूसँगै खेल्छन् । उनीहरू एक अर्कालाई धेरै माया गर्छन् । मनु विद्यालयमा जान्छिन् । मने पनि मनुको पछि लाग्छ । मने पछि लागेपछि मनुले सम्झाउँछिन् “मेरो पढाइ नराम्रो हुन्छ, तिमी घर फर्क” भनेर घर फर्काइ दिन्छिन् । विद्यालयबाट आएपछि मने र मनुसँगै खेल्छन् । एक दिन विद्यालयबाट आउँदा मने बिरामी भएको हुन्छ । मने प्लास्टिककाे झाेला खाएर बिरामी भएकाे हुन्छ । मनुले मनेकाे मुखभित्रबाट कालाे प्लास्टिककाे झाेला निकाल्छिन्  । मनुले प्लास्टिक नराम्रो कुरा रहेछ, प्लास्टिक जथाभाबी फाल्न नहुने रहेछ, प्लास्टिक खाँदा ज्यानै जाने पनि  रहेछ भन्ने कुरा बुझिन् । उनले प्लास्टिकहरू बटुलेर त्यसलाई उचित ठाउँमा व्यवस्थित गर्न थालिन् ।

0 reads

Published on 9/27/2021

Image

Joyana Thapa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Joyana Thapa

Grade 3

Roll No: 31010

17

More Articles from

Student

Underline