चिडियाखाना
चिडियाखानामा धेरै पशुपन्छीहरू राखिएका हुन्छन् । यहाँ बाघ, भालु, गैँडा, चितुवा आदिजस्ता जनावरहरू छन् र पन्छीहरूमा सुगा, परेवा, काेइली चरी आदि पनि छन् । यहाँ माछा, सर्प गाेही जस्ता पानीमा बस्ने जनावरहरू पनि छन् । मलाई चिडियाखानामा जनावरहरू देख्दा धेरै रमाइलो लाग्दछ । उनीहरू राम्रोसँग बसेका हुन्छन् । एक आपसमा खेलिरहेका पनि हुन्छन् । उनीहरूलाई देखेर मेरो मन रमाउँछ । चिडियाखाना मलाई घुम्न जान मन पर्ने ठाउँ हो । चिडियाखानामा जनावरहरूलाई वरिपरि तार लगाएर थुनेर राखिएको हुन्छ । त्यहाँ उनीहरूकाे खानाकाे व्यवस्था पनि गरिएकाे हुन्छ । जनावरहरू बाहिर निस्किन पाउँदैनन् ।
0 reads
Published on 9/20/2021
Joyana Thapa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Joyana Thapa
Grade 3
Roll No: 31010
17
More Articles from
Student