underline

हाम्राे देश नेपाल

Underline

Share:

हाम्राे देश नेपाल हो । मलाई नेपालको माया लाग्छ । हाम्राे देशमा धेरै हिमाल, पहाड र खोलाहरू छन् । हाम्राे देशमा सबैभन्दा अग्लो हिमाल सगरमाथा छ । हाम्राे देश एसिया महादेशमा पर्दछ । हाम्राे देशमा धेरै जात र भाषाभाषिका मानिसहरू छन् । हाम्राे देशको राष्ट्रिय जनावर गाई हो । राष्ट्रिय फूल लालीगुराँस हो । राष्ट्रिय चरा डाँफे हाे । याे सुन्दर शान्त देश हो । हाम्राे देशमा धेरै खेती, किसानी गर्ने मानिसहरू छन् । हाम्राे देशमा मानिसहरू मिलिजुली बस्छन् । हाम्राे देशमा मानिसहरू एकअर्कालाई सहयोग गर्छन् । मलाई हाम्राे देश नेपालकाे धेरै प्यारो लाग्छ ।

0 reads

Published on 12/13/2022

Image

Joyana Thapa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Joyana Thapa

Grade 4

Roll No: 31010

17

More Articles from

Student

Underline