मेराे मन पर्ने जनावर
मेराे मन पर्ने जनावर कुकुर हो । हामी घरमा एक्लै हुँदा कुकुरसँग खेल्छौँ । कुकुर हाम्रो पछिपछि हिँड्छ । नयाँ मान्छे आउँदा कुकुरले घ्वाङघ्वाङ गरी भुक्छ । कुकुरका चारवटा खुट्टा हुन्छन् । कुकुरका दुईवटा कान हुन्छन् । कुकुर कालो, सेतो, खैरो आदि विभिन्न रङका हुन्छन् । कुकुरलाई मासुभात खान मन पर्छ। कुकुरले हाम्रो घरको सुरक्षा गर्छ । कुकुर पुलिसको साथी हो । कुकुरले सुँघेर अपराधी पत्ता लगाउन सहयोग गर्छ । हामीले तिहारमा कुकुर पूजा गर्छौँँ । घरमा पालेको कुकुरले चिनेको मान्छे देख्दा पुच्छर हल्लाउँछ।
0 reads
Published on 11/11/2025
Ayansh Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Ayansh Pandey
Grade 3
Roll No: 35005
16
More Articles from
Student