मेरो परिवार
मेरो परिवारमा मेरो हजुरबुबा, बुबा, आमा म र मेरी बहिनी छौँ । मेरो परिवारमा पाँचजना सदस्य छौँ । मेरो हजुरबुबाको नाम केशव बहादुर पाण्डे हो । मेरो बुबाको नाम राजीव पाण्डे हो । मेरी आमाको नाम शर्मिला पाण्डे हो । मेरी बहिनीको नाम शिवांशी पाण्डे हो । मेरो हजुरबुबा पुस्तक पढेर बस्नुहुन्छ । मेरो बुबा जागिर गर्नुहुन्छ । मेरी आमा गृहिणी हुनुहुन्छ । उहाँले मिठामिठा खाने कुरा बनाएर सबैलाई दिनुहुन्छ । मेरी बहिनी सबैभन्दा सानी छिन् । उनी स्कुल जान्छिन् । हामी सबैजना शनिवारको दिन सँगै घुम्न जान्छौँ । बहिनी र म गृहकार्य सकेर हजुरबुबासँग गफ गर्छौँ । बहिनी र म घरमा फुटबल खेल्छौँ । राति सुत्नु अगाडि बहिनीलाई मैले कथा सुनाउने गर्दछु । हजुरबुबाले हामीलाई घरनजिकैको मन्दिरमा लैजानुहुन्छ।
0 reads
Published on 8/27/2025
Ayansh Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Ayansh Pandey
Grade 3
Roll No: 35005
16
More Articles from
Student