underline

मेरो एक दिनको दैनिकी

Underline

Share:

मेरो एक दिनको दैनिकी

मिति २०६३/ १ / ११ गते मेरो छुट्टी हुनाले म ८ बजे उठेँ। उठेपछि मैले हात मुख धोएँ र खाजा खाएँ। खाजामा मैले चिया बिस्कुट र अन्डा खाएँ। म पढ्न बसेँ। मैले बहिनीलाई पनि पढाइसकेपछि एकछिन टिभी हेरेँ अनि बाहिर म मेरी बहिनीसँग खेल्न गएँ। खेलेपछि भित्र आएर हात धोएर खाना खायौँ । खानामा तरकारी क्वाटी थियो । खाना खाइसकेपछि घाममा बस्यौँ र खेल्यौँ भित्र आएपछि चकलेट खाएँ। टिभी हेरेँ। म दुई घण्टा निदाएछु। उठ्दाखेरि ४ बजेको थियो। मैले केहीबेर मोबाइलमा गेम खेलेँ । बाहिर जान भनेर हामीले लुगा फेर्‍याैँ । म र मेरो परिवार छ बजेतिर माया चोक भन्ने रेस्टुरेन्टमा गयौँ । हामीले त्यहाँ धेरै खानेकुरा खायौँ । हामीले चराहरूलाई पनि हेर्‍याैँ । हामीले त्यहाँ ढिँडो पनि खायौँ । ढिँडो बनाउन एक घण्टा जति लाग्यो । हामी घर फर्किँदा ९ बजेको थियो। घर फर्केर मैले लुगा फेरेँ अनि सुत्न गएँ।

1 reads

Published on 7/27/2026

Image

Ayansh Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ayansh Pandey

Grade 4

Roll No: 35005

17

More Articles from

Student

Underline