underline

बुद्ध जयन्ती

Underline

Share:

बुद्ध जयन्ती भगवान बुद्धको जन्मदिनको अवसरमा मनाइने एउटा पवित्र पर्व हो । यो पर्व हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन पर्दछ । भगवान बुद्धलाई हामी गौतम बुद्ध पनि भन्ने गर्दछौँ । विश्वभरि शान्तिका दूत भनेर चिनिने गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो । बुद्धको जन्मस्थान दर्शन गर्न विश्वभरिबाट बुद्ध धर्मका अनुयायीहरू आउने गर्दछन् ।  मानव सुख, अहिंसा, अनुशासन, उपदेशहरूका कारण उनी विश्वभरि चिनिन सफल भएका हुन् । उनले बुद्ध धर्मको स्थापना गरेका थिए । उनको उपदेशबाट प्रभावित भएर बुद्ध धर्मका अनुयायी बनेका चेलाहरू आज पनि विश्वभर फैलिएका छन् । नेपाललाई बुद्धको देश भनेर विश्वमा चिनिन्छ । जुन हाम्रो लागि गौरवको विषय हो । बुद्ध जयन्तीको दिन लुम्बिनीमा बुद्धका अनुयायीहरूको भिड लाग्ने गर्दछ ।

0 reads

Published on 5/24/2024

Image

Ayansh Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ayansh Pandey

Grade 2

Roll No: 35005

16

More Articles from

Student

Underline